गणतन्त्रको पक्षमा  देशव्यापी जनप्रदर्शन गर्ने एमालेको घोषणा

काठमाडौं । नेकपा एमालेले संघीय लोकतान्त्रिक गणतन्त्रको पक्षमा जनमत बढाउन देशव्यापी जनप्रदर्शन गर्ने भएको छ । एमालेले सचेतना अभियान नाम दिँदै जनप्रदर्शन घोषणा गरेको हो । यस कार्यक्रम चैत ११ गतेदेखि देशैभर सुरू हुनेछ । अभियान चैत ३० सम्म चल्ने एमालेले जनाएको छ । अभियानलाई प्रभावकारी बनाउन महासचिव शंकर पोखरेलले निर्देशन दिएका छन् । अभियान […]

Mar 20, 2025 - 12:15
 0
गणतन्त्रको पक्षमा  देशव्यापी जनप्रदर्शन गर्ने एमालेको घोषणा

काठमाडौं । नेकपा एमालेले संघीय लोकतान्त्रिक गणतन्त्रको पक्षमा जनमत बढाउन देशव्यापी जनप्रदर्शन गर्ने भएको छ । एमालेले सचेतना अभियान नाम दिँदै जनप्रदर्शन घोषणा गरेको हो ।

यस कार्यक्रम चैत ११ गतेदेखि देशैभर सुरू हुनेछ । अभियान चैत ३० सम्म चल्ने एमालेले जनाएको छ । अभियानलाई प्रभावकारी बनाउन महासचिव शंकर पोखरेलले निर्देशन दिएका छन् ।

अभियान अन्तर्गत एमालेले चैत १८ मा धनगढी, सुर्खेत, बुटवल, पोखरा, वीरगञ्ज र दमकमा मोटरसाइकल र्‍याली आयोजना गर्नेछ । जिल्लामा जिल्लामा जागरण सभा पनि हुने एमालेले जनाएको छ ।

यस्तै, चैत २४ देखि ३० गतेसम्म बागमती बाहेकका सबै प्रदेशमा विशेष प्रदर्शन र जनसभा गर्ने छ । प्रदर्शनका साथै एमालेले संघीय लोकतान्त्रिक गणतन्त्रका पक्षमा नागरिक समाज र विभिन्न पक्षसँग अन्तरसम्वाद गर्नेछ । सबैतिर अभियान सकेर राजधानीमा विशेष सभा आयोजना गर्ने एमालेको तयारी छ

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register