एनबीसी यूकेको १५ औं वार्षिकोत्सव, हुम्लाको स्कुललाई सघाउन नयां वर्षमा च्यारिटी इभेन्ट

लन्डन । नेपलिज ब्रिटिश कम्युनिटी यूके (एनबीसी यूके) ले आउंदो अप्रिल २१ सांझ नेपाली नयां वर्ष २०८२ को अवसर पारेर एक च्यारिटी इभेन्ट गर्ने भएको छ । एनबीसी यूके अध्यक्ष समिरनाथ प्याकुरेलले संस्थाको १५ औं वार्षिकोत्सव तथा वार्षिक साधारणसभाका क्रममा उक्त जानकारी दिएका हुन् । अध्यक्ष प्याकुरेलले च्यारिटीबाट वचत भएको रकम हुम्लास्थित हिमाली आवासीय विद्यालयलाई […]

Mar 20, 2025 - 21:29
 0
एनबीसी यूकेको १५ औं वार्षिकोत्सव, हुम्लाको स्कुललाई सघाउन नयां वर्षमा च्यारिटी इभेन्ट

लन्डन । नेपलिज ब्रिटिश कम्युनिटी यूके (एनबीसी यूके) ले आउंदो अप्रिल २१ सांझ नेपाली नयां वर्ष २०८२ को अवसर पारेर एक च्यारिटी इभेन्ट गर्ने भएको छ ।

एनबीसी यूके अध्यक्ष समिरनाथ प्याकुरेलले संस्थाको १५ औं वार्षिकोत्सव तथा वार्षिक साधारणसभाका क्रममा उक्त जानकारी दिएका हुन् ।

अध्यक्ष प्याकुरेलले च्यारिटीबाट वचत भएको रकम हुम्लास्थित हिमाली आवासीय विद्यालयलाई प्रदान गरिने पनि बताए ।

ब्लु रुम ह्यारोमा हुने च्यारिटी कार्यक्रममा आएर आर्थिक सहयोग तथा नयां वर्ष शुभकामना आदानप्रदान गर्न पनि अध्यक्ष प्याकुरेलले अपिल गरेका छन् ।

उक्त इभेन्टमा दाजु भाई ब्याण्डले लाइभ म्यूजिक प्रस्तुत गर्नेछ भने अन्य कलाकारहरु साहिमा श्रेष्ठ, सन्दीप न्यौपाने, सुदीप पाण्डे, डिजे नेपसोल, मोना यूके युथ डान्स ग्रुप आदिको परफर्मेन्स रहने संस्थाले जनाएको छ ।

लन्डन साउथ ह्यारोस्थित ह्यारो बरो फुटबल क्लवमा आयोजित वार्षिकोत्सव तथा साधारणसभा कार्यक्रमको शुरुवातमा ब्रिटिश पर्वतारोही महिला बोनिटा नोरिसले आफ्नो सगरमाथा र अन्य हिमालहरु आरोहणको अनुभव र प्रेरणादायी मन्तव्य दिइन् । नोरिस सबैभन्दा कम उमेरमा सगरमाथा आरोहण गर्ने ब्रिटिश महिला हुन् ।

कार्यक्रममा कोषाध्यक्ष खेमराज जोशीले संस्थाको आर्थिक वर्ष २०२४ को वित्तिय विवरण प्रस्तुत गरे भने सचिव दामोदारप्रसाद आचार्यले कार्यक्रम सञ्चालन गर्दै संस्थाको वार्षिक प्रतिवेदन पेश गरे । सभाले वित्तिय र वार्षिक प्रतिवेदन सर्वसम्मत पारित गरेको थियो ।

उक्त कार्यक्रममा संस्थाका संरक्षक, ट्रष्टी, सल्लाहकारहरु लगायत करिब एकसय जना सदस्यको उपस्थिति थियो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register