न्याय खोज्ने र खोस्नेको कथासँगै नौ वर्षपछि रंगमञ्चमा फर्किए सरोज खनाल (तस्वीरहरू)

काठमाडौं । नौ वर्षपछि रंगमञ्चमा फर्किएका वरिष्ठ रंगकर्मी तथा चलचित्र अभिनेता सरोज खनाल लगायतको अभिनय रहेको नाटक ‘मञ्जिरा’को थापागाउँस्थित मण्डला थिएटरमा जेठ १६ गते ‘प्रिमियर शो’ गरिएको छ । द्वन्द्वकालमा राज्यको चपेटामा परेर यौनहिंसा भोगेकी एक सर्वसाधारण महिलाको कथामा आधारित ‘मञ्जिरा’मा खनालसँगै सरिता गिरी, सरस्वती चौधरी, अनुप न्यौपाने र सुशांक मैनालीको अभिनय रहेको छ । […]

May 31, 2025 - 02:53
 0
न्याय खोज्ने र खोस्नेको कथासँगै नौ वर्षपछि रंगमञ्चमा फर्किए सरोज खनाल (तस्वीरहरू)

काठमाडौं । नौ वर्षपछि रंगमञ्चमा फर्किएका वरिष्ठ रंगकर्मी तथा चलचित्र अभिनेता सरोज खनाल लगायतको अभिनय रहेको नाटक ‘मञ्जिरा’को थापागाउँस्थित मण्डला थिएटरमा जेठ १६ गते ‘प्रिमियर शो’ गरिएको छ ।

द्वन्द्वकालमा राज्यको चपेटामा परेर यौनहिंसा भोगेकी एक सर्वसाधारण महिलाको कथामा आधारित ‘मञ्जिरा’मा खनालसँगै सरिता गिरी, सरस्वती चौधरी, अनुप न्यौपाने र सुशांक मैनालीको अभिनय रहेको छ ।

करिब ३० वटा नाटकमा खेलेपछि चलचित्रमा प्रवेश गरेका खनालले २०७३ सालमा मण्डला थिएटरमै राजन खतिवडाको निर्देशनमा नाटक ‘बाह्र दुर्वाशा’मा अभिनय गरेका थिए । त्यसपछि उनी ‘मञ्जिरा’मार्फत फेरि रंगमञ्चमा फर्किएका हुन् ।

मण्डला थिएटरको नाट्य सिजन– २०८२ अन्तर्गत मञ्चन हुने ११ वटा नाटकमध्यो यो दोस्रो हो ।

नाटकको कथा सोमनाथ खनाल र सन्देश घिमिरेले लेखेका हुन् । साथै सोमनाथको परिकल्पना तथा निर्देशनमा बनेको नाटक यही जेठ १६ गतेदेखि असार ८ गतेसम्म सोमबारबाहेक प्रदर्शन हुनेछ । हरेक साँझ ५ः१५ बजे र शनिबार दिउँसो १ बजे अतिरिक्त शो मञ्चन गरिने कार्यतालिका छ ।

‘मञ्जिरा’मा न्याय खोज्ने र खोस्नेको कथा रहेको निर्देशक सोमनाथ खनालले बताए ।

हेराै‌ं तस्वीर  :

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register