दिल्ली उच्च अदालतको न्यायाधीशको घरबाट १५ करोड बरामद

काठमाडौं ।  दिल्ली उच्च अदालतका न्यायाधीश यशवंत वर्माको घरबाट करिब १५ करोड रुपैयाँ नगद बरामद भएको छ । यो कुरा बाहिर आएपछि सर्वोच्च अदालतको कलेजियमले उनलाई इलाहाबाद उच्च अदालतमा फिर्ता पठाउने निर्णय गरेको छ।  साथै, कलेजियमले न्यायाधीश वर्मा विरुद्ध प्रारम्भिक अनुसन्धान सुरु गरेको छ। यद्यपि, यो आन्तरिक छानबिन होइन। छानबिन पूरा भएपछि दिल्ली उच्च अदालतले […]

Mar 21, 2025 - 15:56
 0
दिल्ली उच्च अदालतको न्यायाधीशको घरबाट १५ करोड बरामद

काठमाडौं । 

दिल्ली उच्च अदालतका न्यायाधीश यशवंत वर्माको घरबाट करिब १५ करोड रुपैयाँ नगद बरामद भएको छ । यो कुरा बाहिर आएपछि सर्वोच्च अदालतको कलेजियमले उनलाई इलाहाबाद उच्च अदालतमा फिर्ता पठाउने निर्णय गरेको छ।

 साथै, कलेजियमले न्यायाधीश वर्मा विरुद्ध प्रारम्भिक अनुसन्धान सुरु गरेको छ। यद्यपि, यो आन्तरिक छानबिन होइन। छानबिन पूरा भएपछि दिल्ली उच्च अदालतले मुख्य न्यायाधीश कलेजियमलाई प्रारम्भिक प्रतिवेदन पेस गर्नेछ।

 वास्तवमा होलीको बिदामा जस्टिस वर्माको सरकारी बंगलामा आगलागी भएको थियो । त्यतिबेला उनी घरमा थिएनन् । आगो लागेको परिवारले दमकललाई खबर गरेका थिए । आगो निभाउन गएको टोलीले सो १५ करोड नगद फेला पारेको थियो ।

 स्रोतका अनुसार सीजेआइ सञ्जीव खन्नाले मुद्दाको बारेमा जानकारी पाएपछि ५ सदस्यीय कलेजियमले उनलाई सरुवा गर्ने निर्णय गरेको हो, यद्यपि यो सर्वोच्च अदालतको वेबसाइटमा अपलोड गरिएको छैन।

 उता, हाईकोर्ट बार एसोसिएसनले न्यायाधीश वर्मालाई इलाहाबाद फिर्ता सरुवा गरेकोमा विरोध गरेको छ। कलेजियमको निर्णय पछि उनीहरूले भनेका छन, के हामी डस्टबिन हौं ?’

 कलेजियमले आकस्मिक बैठक बोलाएको थियो । सो  विषयमा जानकारी प्राप्त हुने बित्तिकै मुख्य न्यायाधीश संजीव खन्नाले कलेजियमको आपतकालीन बैठक बोलाए र सरुवासम्बन्धी प्रस्ताव पारित गराए । यधपि , उनको सरूवाका बारेमा कुनै जानकारी अपलोड गरिएको छैन । आन्तरिक अनुसन्धान पनि भइरहेको जनाइएको छ।
 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register