किन भनिन्छ मुम्बई भर्सेस चेन्नईको खेललाई भारतको ‘एल क्लासिको’ ?

काठमाडौं । ला लिगा फुटबल प्रतियोगितामा चीर प्रतिद्धन्दी रियल मड्रिड र बार्सिलोनाबीचको खेललाई एल क्लासिको भनेर चिनिन्छ । स्पेनिश भाषमा ‘एल क्लासिको’ (El Classico) भनेको ‘द क्लासिक’ हो । जसरी फुटबल समर्थकका लागि यो खेल कुनै उत्सवभन्दा कम हुँदैन । त्यसैगरी भारतको प्रसिद्ध क्रिकेट फेन्चाइज लिग आईपीएल (IPL) मा भारतको एल क्लासिको भनेर मुम्बई इण्डियन्स […]

Mar 22, 2025 - 10:40
 0
किन भनिन्छ मुम्बई भर्सेस चेन्नईको खेललाई भारतको ‘एल क्लासिको’ ?

काठमाडौं । ला लिगा फुटबल प्रतियोगितामा चीर प्रतिद्धन्दी रियल मड्रिड र बार्सिलोनाबीचको खेललाई एल क्लासिको भनेर चिनिन्छ । स्पेनिश भाषमा ‘एल क्लासिको’ (El Classico) भनेको ‘द क्लासिक’ हो ।

जसरी फुटबल समर्थकका लागि यो खेल कुनै उत्सवभन्दा कम हुँदैन । त्यसैगरी भारतको प्रसिद्ध क्रिकेट फेन्चाइज लिग आईपीएल (IPL) मा भारतको एल क्लासिको भनेर मुम्बई इण्डियन्स (Mumbai Indians) र चेन्नई सुपर किङ्ग्स (Chennai Super Kings)बीचको खेललाई चिनिन्छ ।

यसपटक प्रतियोगिताको दोस्रो दिन मार्च २३ मा नै चेन्नई र मुम्बई आमनेसामने हुँदैछन् । तर, मुम्बई र चेन्नईबीचको खेललाई किन एल क्लासिको भनिन्छ त ? केही सम्भावित कारण यस्ता रहेका छन् ।

रोमाञ्चक हेड टु हेड

आईपीएलको इतिहासमा दुवै टोली एक आपसविरुद्ध ३८ खेलमा आमनेसामने भइसकेका छन् । जसमध्ये २१ मा मुम्बईले जित हासिल गर्दा १७ खेल चेन्नईले आफ्नो पक्षमा पारेको छ ।

वानखेडे स्टेडियम स्टेडियममा भएको खेलमा ७ मा मुम्बई ४ मा चेन्नईले जित हासिल गरेको छ । चेपोकस्थित एम. ए. चिदम्बरम स्टेडियममा भएका खेलहरुमध्ये ६ मा मुम्बई विजयी हुँदा चेन्नईले ३ खेल आफ्नो नाममा पारेको छ । न्यूट्रल भेन्युमा ८ खेल मुम्बईले जितेको छ भने १० खेल चेन्नईको पोल्टामा परेको छ ।

समान शक्ति, समान रणनीति

भारतीय क्रिकेटमा मुम्बई र चेन्नईलाई चीर प्रतिद्धन्दीका रुपमा चिनिन्छ । यी दुई आईपीएलको इतिहासमा वर्चश्व बोकेका टोली हुन् ।

यिनको रणनीति र शक्तिमा भने विभिन्न समानता पाइन्छ । दुवैले समयअनुसार टोलीमा गर्ने परिवर्तन र अपनाउने रणनीतिमा समानता देखिन्छ । आफ्नो खेलाडीहरुलाई ब्याकअपको रुपमा राख्ने गर्छन् भने सबै उपाधि जित्न लामो समयसम्म एउटै कप्तानको नेतृत्वमा दुवै टोलीले जितेको छ । यस्तै, आईपीएल २०२४ को अगाडि दुवै टोलीले आफ्नो कप्तान पनि परिवर्तन गरे ।

सर्वाधिक उपाधि उचाल्ने टोली

दुवै मुम्बई र चेन्नईले सर्वाधिक ५ पटक आईपीएलको ट्रफी उचालेका छन् । यी दुवै टोलीमा एकभन्दा बढी मिल्दो जुल्दो पक्ष पनि छन् ।
मुम्बईले सन् २०१३, २०१५, २०१७, २०१९ र २०२० मा उपाधि उचाल्यो । चेन्नाईले भने सन् २०१०, २०११, २०१८, २०२१ र २०२३ मा उपाधि जित्यो ।

फेयर प्ले अवार्डलाई हेर्दा पनि चेन्नईले ६ पटक पाएको छ। सन् २००८, २०१०, २०११, २०१३, २०१४ र २०१५ मा प्राप्त गर्‍यो । मुम्बईले भने २ पटक प्राप्त गरेको छ । सन् २०१८ र २०२० मा प्राप्त गर्‍यो ।

आईपीएलमा मुम्बई २५२ खेलमध्ये १४० मा जित र १०८ खेलमा पराजित भएको छ । चेन्नईले भने २३० खेलमध्ये १३४ मा जित हासिल गर्दा ९३ खेलमा हार व्यहोरेको छ । दुवै टोलीको जित र हारको मूल्याङ्कन गर्दा पनि कोभन्दा को कम रहेको देख्न सकिन्छ ।

यसकारण पनि जब-जब यी दुई टोली आमनेसामने हुन्छन्, स्टेडियम हाउसफुल हुने गर्दछ ।

दुवै मुम्बई र चेन्नई आईपीएलको सफल टोलीको रुपमा चिनिन्छन् । जो हरेक सिजनमा उपाधि दाबेदारका रुपमा पनि मैदान उत्रने गर्दछन् । यस कारण पनि यी दुईको भिडन्तलाई भारतको एल क्लासिको रुपमा चिनिन्छ ।

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register