सत्य निरुपण र बेपत्ता आयोगका पदाधिकारी नियुक्त (नामावलीसहित)

काठमाडौं । सरकारले लामो समयदेखि रिक्त रहेको सङ्क्रमणकालीन न्यायसम्बन्धी काम गर्ने दुई आयोगमा पदाधिकारीहरू नियुक्त गरेको छ। बुधबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगमा पाँच–पाँच सदस्य नियुक्त गर्ने निर्णय गरेको सञ्चार, सूचना तथा प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए। मन्त्री गुरुङका अनुसार, सत्य निरुपण तथा मेलमिलाप आयोगको […]

May 14, 2025 - 17:06
 0
सत्य निरुपण र बेपत्ता आयोगका पदाधिकारी नियुक्त (नामावलीसहित)

काठमाडौं । सरकारले लामो समयदेखि रिक्त रहेको सङ्क्रमणकालीन न्यायसम्बन्धी काम गर्ने दुई आयोगमा पदाधिकारीहरू नियुक्त गरेको छ। बुधबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगमा पाँच–पाँच सदस्य नियुक्त गर्ने निर्णय गरेको सञ्चार, सूचना तथा प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए।

मन्त्री गुरुङका अनुसार, सत्य निरुपण तथा मेलमिलाप आयोगको अध्यक्षमा उच्च अदालतका पूर्वन्यायाधीश महेश थापा र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगको अध्यक्षमा पूर्व मुख्यसचिव लिलादेवी गड्तौला नियुक्त भएका छन्। नियुक्त भएका सबै पदाधिकारीको तलब भत्ता राष्ट्रिय मानव अधिकार आयोग सरह हुनेछ र उनीहरुको कार्यकाल चार वर्षको हुनेछ।

सत्य निरुपण तथा मेलमिलाप आयोगका सदस्यहरू:

१) महेश थापा, अध्यक्ष
२) अच्युत प्रसाद भण्डारी, सदस्य
३) टिका प्रसाद ढकाल, सदस्य
४) पदम बहादुर शाही, सदस्य
५) कुमारी कौशल्य ओझा, सदस्य

बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगका सदस्यहरू:

१) लिलादेवी गड्तौला, अध्यक्ष
२) गोपालनाथ योगी, सदस्य
३) अग्निप्रसाद थपलिया, सदस्य
४) सिर्जना पोखरेल, सदस्य
५) विनिता नेपाली, सदस्य

यद्यपि, यसअघि द्वन्द्वपीडितहरूले पदाधिकारी छनोट प्रक्रियामा असन्तुष्टि जनाएका थिए। उनीहरूले भागबन्डामा पदाधिकारी छनौट गर्न खोजिएको र आफूहरूसँग कुनै परामर्श नगरिएको भन्दै प्रक्रियाप्रति असहमति व्यक्त गरेका थिए।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register