काङ्ग्रेसको कार्यसम्पादन समिति बैठक बस्दै

काठमाडौं । सत्तारुढ दल नेपाली काङ्ग्रेसको कार्यसम्पादन समितिको बैठक आज (आइतबार) बस्दैछ । बैठक दिउँसो १ बजे सानेपास्थित केन्द्रीय कार्यालयमा बस्न लागेको हो । समसायिक विषयमा छलफल गर्न बैठक बस्न लागेको कार्यालयका कार्यबाहक मुख्य सचिव डा. प्रदीप पराजुलीले जानकारी दिए । विधानअनुसार कार्यसम्पादन समिति ४६ सदस्यीय हुनुपर्ने हो । तर सभापति शेरबहादुर देउवाले यसलाई पूर्णता […]

Mar 23, 2025 - 02:43
 0
काङ्ग्रेसको कार्यसम्पादन समिति बैठक बस्दै

काठमाडौं । सत्तारुढ दल नेपाली काङ्ग्रेसको कार्यसम्पादन समितिको बैठक आज (आइतबार) बस्दैछ । बैठक दिउँसो १ बजे सानेपास्थित केन्द्रीय कार्यालयमा बस्न लागेको हो ।

समसायिक विषयमा छलफल गर्न बैठक बस्न लागेको कार्यालयका कार्यबाहक मुख्य सचिव डा. प्रदीप पराजुलीले जानकारी दिए ।

विधानअनुसार कार्यसम्पादन समिति ४६ सदस्यीय हुनुपर्ने हो । तर सभापति शेरबहादुर देउवाले यसलाई पूर्णता दिएका छैनन् । हाल ३७ सदस्यीय मात्रै कार्यसम्पादन समिति छ ।

यसले गर्दा काङ्ग्रेसको विधानअनुसार प्रत्येक महिना कार्यसम्पादन समिति बस्ने व्यवस्था भएपनि त्यसअनुसार बस्ने गरेको छैन ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register