प्रहरी अस्पतालबाट सामान चोर्ने पठाओ राइडर पक्राउ 

काठमाडौँ । प्रहरी अस्पतालबाटै सामानहरु चोरी भएका छन् । नेपाल प्रहरी अस्पताल महाराजगञ्जबाट रुइस्का पन्त र बसन्ती महराका सामानहरु चोरी भएका हुन् ।  सामान चोरी गरेको आरोपमा प्रहरीले तनहुँको बन्दीपुर गाउँपालिका-४ का २९ वर्षीय अम्बरबहादुर श्रेष्ठलाई पक्राउ गरेको हो । प्रहरीका अनुसार उनले फागुन १० गते रुइस्का र बसन्तीको विभिन्न सामानहरु चोरी गरेका थिए ।  […]

Mar 23, 2025 - 09:10
 0
प्रहरी अस्पतालबाट सामान चोर्ने पठाओ राइडर पक्राउ 

काठमाडौँ । प्रहरी अस्पतालबाटै सामानहरु चोरी भएका छन् । नेपाल प्रहरी अस्पताल महाराजगञ्जबाट रुइस्का पन्त र बसन्ती महराका सामानहरु चोरी भएका हुन् । 

सामान चोरी गरेको आरोपमा प्रहरीले तनहुँको बन्दीपुर गाउँपालिका-४ का २९ वर्षीय अम्बरबहादुर श्रेष्ठलाई पक्राउ गरेको हो । प्रहरीका अनुसार उनले फागुन १० गते रुइस्का र बसन्तीको विभिन्न सामानहरु चोरी गरेका थिए । 

प्रहरीका अनुसार रुइस्का र बसन्ती दुवै आईसीयू कक्षका स्टाफ हुन् । स्टाफ रुममा सामान तथा झोलाहरु राखेर ड्युटीमा खटिएका बेला सामान चोरी भएको थियो । ड्युटी सकेर घर फर्कने बेलामा सामान खोज्दा नभेटेपछि उनीहरुले सामान चोरी भएको थाहा पाएका थिए । 

प्रहरीका अनुसार रुइस्काको झोलामा एक थान १०० को अमेरिकी डलर, २ हजार रुपैयाँ, तीन वटा बैंकको एटिएम कार्ड र पर्स थियो भने बसन्तीको झोलामा १५ सय रुपैयाँ, १ थान पर्स, एप्पलको एयरवर्ड थियो । सीसीटिभी क्यामेरामा देखिएको हुलियाका आधारमा श्रेष्ठलाई प्रहरी वृत्त महाराजगञ्जबाट खटिएको टोलीले पक्राउ गरेको हो । चोरीको समयमा श्रेष्ठले लागूऔषध सेवन गरेको पाइएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार पक्राउ परेका श्रेष्ठ करिब डेढ वर्षदेखि पठाओ चलाउँदै आएका थिए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register