सर्वोच्चको आदेशपछि गभर्नरको रेसबाट देउवाका उम्मेदवार ‘आउट’ !

काठमाडौँ । गभर्नरको उमेरहद हटाउने सरकारको निर्णय कार्यान्वयन नगर्न सर्वोच्च अदालतले आदेश दिएको छ । न्यायाधीश नित्यानन्द पाण्डेयको इजलासले गभर्नर नियुक्तिमा उमेरहद हटाउने सरकारको निर्णय तत्काल कार्यान्वयन नगर्न आदेश दिएको हो ।  गभर्नरको नियुक्तिका लागि उमेरदह हटाउने सरकारको निर्णय बदनियतपूर्ण रहेको भन्दै उक्त निर्णय खारेज गर्न अधिवक्ता प्रतिभा उप्रेती र विशाल थापाले गत आइतबार सर्वोच्चमा रिट दायर […]

Apr 15, 2025 - 13:47
 0
सर्वोच्चको आदेशपछि गभर्नरको रेसबाट देउवाका उम्मेदवार ‘आउट’ !

काठमाडौँ । गभर्नरको उमेरहद हटाउने सरकारको निर्णय कार्यान्वयन नगर्न सर्वोच्च अदालतले आदेश दिएको छ । न्यायाधीश नित्यानन्द पाण्डेयको इजलासले गभर्नर नियुक्तिमा उमेरहद हटाउने सरकारको निर्णय तत्काल कार्यान्वयन नगर्न आदेश दिएको हो । 

गभर्नरको नियुक्तिका लागि उमेरदह हटाउने सरकारको निर्णय बदनियतपूर्ण रहेको भन्दै उक्त निर्णय खारेज गर्न अधिवक्ता प्रतिभा उप्रेती र विशाल थापाले गत आइतबार सर्वोच्चमा रिट दायर गरेका थिए ।

सोही रिटमाथि प्रारम्भिक सुनुवाइ गर्दै सर्वोच्चले निर्णय तत्काल कार्यान्वयन नगर्न अर्थ मन्त्रालयका नाममा आदेश दिएको छ । रिटमा ‘अर्थसम्बद्ध सार्वजनिक निकायमा पदाधिकारी तथा सदस्य नियुक्ति र मनोनयनसम्बन्धी मापदण्ड, २०७३’ संशोधन गर्दै गरिएको उमेरहद हटाउने सरकारको निर्णय नियतबस गरिएको दाबी गरिएको थियो । 

यसअघि राष्ट्र बैंकको गभर्नर नियुक्तिका लागि न्यूनतम ३० वर्ष र अधिकतम ६५ वर्ष उमेरहद तोकिएको थियो । तर, हालै सरकारले उक्त उमेरहद हटाउने निर्णय गरेको थियो । उमेरहद हटाउने सरकारको निर्णय तत्काल कार्यान्वयन नगर्न आदेश दिँदै अदालतले पक्ष विपक्षसँग लिखित जवाफ माग गरेको छ । 

अदालतको यस्तो आदेशसँगै गभर्नरको रेसबाट नेपाली काँग्रेसका सभापति शेर बहादुर देउवाका उम्मेदवारसमेत रहेका राजेन्द्रकिशोर क्षेत्री ‘आउट’ भएका छन् । 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register