सन्तोषी श्रेष्ठले बनाइन् लन्डन म्याराथनमा नयाँ राष्ट्रिय कीर्तिमान

काठमाडौं । लन्डन म्याराथनमा नेपालकी धाविका सन्तोषी श्रेष्ठले नयाँ राष्ट्रिय कीर्तिमान बनाएकी छन् । सन्तोषीले निर्धारित दूरी २ घन्टा ४२ मिनेट ५० सेकेन्डमा पूरा गरिन् । यसअघि उनले सन् २०२४ जनवरीमा भएको बङ्गबन्धु ढाका म्याराथनमा स्वर्ण जित्दा राष्ट्रिय कीर्तिमान बनाएकी थिइन् । आफ्नो डेब्यू म्याराथन उनले २ घण्टा ४६ मिनेट २३ सेकेन्डमा पूरा गरेकी थिइन् […]

Apr 28, 2025 - 09:20
 0
सन्तोषी श्रेष्ठले बनाइन् लन्डन म्याराथनमा नयाँ राष्ट्रिय कीर्तिमान

काठमाडौं । लन्डन म्याराथनमा नेपालकी धाविका सन्तोषी श्रेष्ठले नयाँ राष्ट्रिय कीर्तिमान बनाएकी छन् ।

सन्तोषीले निर्धारित दूरी २ घन्टा ४२ मिनेट ५० सेकेन्डमा पूरा गरिन् ।

यसअघि उनले सन् २०२४ जनवरीमा भएको बङ्गबन्धु ढाका म्याराथनमा स्वर्ण जित्दा राष्ट्रिय कीर्तिमान बनाएकी थिइन् । आफ्नो डेब्यू म्याराथन उनले २ घण्टा ४६ मिनेट २३ सेकेन्डमा पूरा गरेकी थिइन् ।

उनले लन्डन  म्याराथनको आफ्नै नामको कीर्तिमान भङ्ग गरेकी हुन् ।

सन्तोषीले गत वर्ष पेरिस ओलम्पिकमा ७९औं स्थानमा रहँदै म्याराथन पूरा गरेकी थिइन् । सो समयमा उनले निर्धारित दूरी २ घन्टा ५५ मिनेटमा पूरा गरेर खराब कीर्तिमान बनाएकी थिइन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register