ट्रेड टावरको आईपीओमा माग भन्दा २.७० गुणा धेरै आवेदन !

काठमाडौँ । ट्रेड टावरको आईपीओमा मागभन्दा २.७० गुणा धेरै आवेदन परेको छ । सिडिएस एण्ड क्लियरिङ लिमिटेडका अनुसार बैशाख १५ गते (आज) बिहानसम्म कम्पनीको आईपीओमा २.७० धेरै आवेदन परेको हो । कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि जारी गरेको आईपीओमा हालसम्म ४८ हजार ९ सय २१ जनाले १० लाख ७५ हजार ६ सय […]

Apr 28, 2025 - 08:17
 0
ट्रेड टावरको आईपीओमा माग भन्दा २.७० गुणा धेरै आवेदन !

काठमाडौँ । ट्रेड टावरको आईपीओमा मागभन्दा २.७० गुणा धेरै आवेदन परेको छ । सिडिएस एण्ड क्लियरिङ लिमिटेडका अनुसार बैशाख १५ गते (आज) बिहानसम्म कम्पनीको आईपीओमा २.७० धेरै आवेदन परेको हो ।

कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि जारी गरेको आईपीओमा हालसम्म ४८ हजार ९ सय २१ जनाले १० लाख ७५ हजार ६ सय ८० कित्ताका लागि आवेदन दिएको सिडिएससीले जनाएको छ । 

कम्पनीले वैशाख ८ गते वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि ३ करोड ९७ लाख १६ हजार ९३० रुपैयाँ बराबरको ३ लाख ९७ हजार १६९.३० कित्ता सेयर निष्कासन गरेको थियो । कम्पनीले जारी गरेको उक्त आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्म आवेदन दिन सकिनेछ । 

कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल लिमिटेड रहेको छ । कम्पनीको आइपीओमा सी-आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर मार्फत आवेदन दिन सकिनेछ । क्रेडिट रेटिङ संस्था इक्रा नेपालले यस कम्पनीलाई इक्रा एनपी डबल बी माइनस इस्यूअर रेटिङ प्रदान गरेको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्दछ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register