एप्पल सेक्युरिटिजको कारोबार ३ दिनका लागि निलम्बन 

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले एप्पल सेक्युरिटिज अर्थात ब्रोकर नम्बर १०१ को सेयर कारोबार निलम्बन गरेको छ ।  नेप्सेले कम्पनीको सेयर कारोबार तीन दिनका लागि निलम्बन गरेको हो ।  तोकिएको समयावधिभित्र राफसाफ तथा फछर्यौट कार्य नगरेकोले ब्रोकर नम्बर १०१ को सेयर कारोबार तीन कार्य दिनका लागि निलम्बन गरिएको नेप्सेले जनाएको छ ।  नेप्सेका अनुसार […]

Mar 24, 2025 - 07:22
 0
एप्पल सेक्युरिटिजको कारोबार ३ दिनका लागि निलम्बन 

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले एप्पल सेक्युरिटिज अर्थात ब्रोकर नम्बर १०१ को सेयर कारोबार निलम्बन गरेको छ । 

नेप्सेले कम्पनीको सेयर कारोबार तीन दिनका लागि निलम्बन गरेको हो । 

तोकिएको समयावधिभित्र राफसाफ तथा फछर्यौट कार्य नगरेकोले ब्रोकर नम्बर १०१ को सेयर कारोबार तीन कार्य दिनका लागि निलम्बन गरिएको नेप्सेले जनाएको छ । 

नेप्सेका अनुसार उक्त ब्रोकरको कारोबार निलम्बन गर्न भन्दै सिडिएस एण्ड क्लियरिङ लिमिटेडले फागुन १० गते नेप्सेमा सिफारिस गरेको थियो । नेप्सेका अनुसार सोही सिफारिस अनुसार ब्रोकर नम्बर १०१ को कारोबार निलम्बन गरिएको हो । यस्तो छ नेप्सेको सूचना:

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register