तरकारीको झोलाभित्र ब्राउनसुगर, भद्रपुरबाट समातिए माई र बिर्तामोड दुई युवा

भद्रपुर, ११ चैत । झापाको भद्रपुर नगरपालिका–५ स्थित मेची पुलबाट दुई युवालाई लागुऔषध ब्राउनसुगरसहित दुई युवालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा इलामको माई नगरपालिका–५ का ३३ वर्षीय भुपेन्द्र लावती र बिर्तामोड–५ का २३ वर्षीय राजिब चौधरी रहेका छन् । आज बेलुका भद्रपुर नगरपालिका–५ मेचीबिट स्थित मेचीबिटबाट खटिएको प्रह भोला खडकाको टोली र लागुऔषध [...] The post तरकारीको झोलाभित्र ब्राउनसुगर, भद्रपुरबाट समातिए माई र बिर्तामोड दुई युवा appeared first on Jhapa Online.

Mar 24, 2025 - 15:30
 0
तरकारीको झोलाभित्र ब्राउनसुगर, भद्रपुरबाट समातिए माई र बिर्तामोड दुई युवा

भद्रपुर, ११ चैत । झापाको भद्रपुर नगरपालिका–५ स्थित मेची पुलबाट दुई युवालाई लागुऔषध ब्राउनसुगरसहित दुई युवालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा इलामको माई नगरपालिका–५ का ३३ वर्षीय भुपेन्द्र लावती र बिर्तामोड–५ का २३ वर्षीय राजिब चौधरी रहेका छन् । आज बेलुका भद्रपुर नगरपालिका–५ मेचीबिट स्थित मेचीबिटबाट खटिएको प्रह भोला खडकाको टोली र लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय काँकरभिट्टाबाट खटिएको संयुक्त प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा भारतबाट नेपालतर्फ आउँदै गरेको मे ६ प ९९७७ नम्बरको मोटरसाइकल चालक लावती र सोही मोटरसाइकल पछाडि सवार चौधरीले बोकेको तरकारी झोलाभित्र प्लाष्टिकको पोका पारी लुकाई छिपाई ल्याउँदै गरेको ब्राउनसुगर प्लाष्टिकसहित ९ ग्राम १९ मिलिग्राम र प्लाष्टिक बाहेक ९ ग्राम ०१ मिलिग्राम फेला पारेको हो । उनीहरुलाई मोटरसाइकलसहित नियन्त्रणमा लिएर वडा प्रहरी कार्यालय भद्रपुरमा राखिको छ ।

The post तरकारीको झोलाभित्र ब्राउनसुगर, भद्रपुरबाट समातिए माई र बिर्तामोड दुई युवा appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register