अर्थमन्त्रीको संयोजकत्वमा गभर्नर सिफारिसका लागि समिति गठन
काठमाडौं । नेपाल राष्ट्र बैङ्कको गभर्नर सिफारिसकालागि अर्थमन्त्रीको संयोजकत्वमा तीन सदस्यीय ‘सिफारिस समिति’ गठन गरिएको छ । सोमबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले अर्थमन्त्री विष्णु पौडेलको संयोजकत्वमा तीन सदस्यीय सिफारिस समिति गठन गरेको एक मन्त्रीले जानकारी दिए । समिति सदस्यहरूमा पूर्व गभर्नर विजय भट्टराई र अर्थविद् विश्व पौडेल रहेका छन् । हालका गभर्नर महाप्रसाद अधिकारीको पाँच […]

काठमाडौं । नेपाल राष्ट्र बैङ्कको गभर्नर सिफारिसकालागि अर्थमन्त्रीको संयोजकत्वमा तीन सदस्यीय ‘सिफारिस समिति’ गठन गरिएको छ ।
सोमबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले अर्थमन्त्री विष्णु पौडेलको संयोजकत्वमा तीन सदस्यीय सिफारिस समिति गठन गरेको एक मन्त्रीले जानकारी दिए । समिति सदस्यहरूमा पूर्व गभर्नर विजय भट्टराई र अर्थविद् विश्व पौडेल रहेका छन् ।
हालका गभर्नर महाप्रसाद अधिकारीको पाँच वर्षे कार्यकाल सकिन लागेसँगै नयाँ गभर्नरको नियुक्तिका लागि सरकारले प्रक्रिया अघि बढाएको ती मन्त्रीले बताए ।
गभर्नर अधिकारीको कार्यकाल यही चैत २४ गते सकिँदैछ ।
What's Your Reaction?






