कुलमान हटाउने निर्णयविरुद्ध मैनबत्ती बालेर रविको विरोध 

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले मैनबत्ती बालेर कुलमान हटाउने सरकारको निर्णयको साङ्केतिक विरोध गरेका छन् ।  सोमबार बसेको मन्त्रिपरिषद्ले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट हटाउने निर्णय गरेसँगै लामिछानेले सामाजिक सञ्जाल फेसबुकमा मैनबत्ती बालेर साङ्केतिक विरोध गरेका हुन् ।  उनले ‘कसलाई हटाउने, कसलाई राख्ने भन्ने अन्तिम निर्णय त जनताले […]

Mar 25, 2025 - 01:29
 0
कुलमान हटाउने निर्णयविरुद्ध मैनबत्ती बालेर रविको विरोध 

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले मैनबत्ती बालेर कुलमान हटाउने सरकारको निर्णयको साङ्केतिक विरोध गरेका छन् । 

सोमबार बसेको मन्त्रिपरिषद्ले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट हटाउने निर्णय गरेसँगै लामिछानेले सामाजिक सञ्जाल फेसबुकमा मैनबत्ती बालेर साङ्केतिक विरोध गरेका हुन् । 

उनले ‘कसलाई हटाउने, कसलाई राख्ने भन्ने अन्तिम निर्णय त जनताले लिन्छन्’ भन्दै मैनबत्ती बालेर गरेको साङ्केतिक विरोधको भिडियो सामाजिक सञ्जालमा पोष्ट गरेका छन् । जुन भिडियोमा उनले सुरुमा बलिरहेको बत्ती निभाएका छन् र मैनबत्ती बालेर मौन बसेका छन् । 

सरकारले सोमबार प्राधिकरणबाट कुलमान घिसिङलाई हटाएर कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्यलाई नियुक्त गर्ने निर्णय गरेको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register