कनकाईमा श्रीमतीको हत्या, घाइते श्रीमानको अस्पतालमा उपचार हुँदै

कनकाई, १२ चैत । झापाको कनकाई नगरपालिका–५ मा एक जना महिलाको हत्या भएको छ । आज बिहान अन्दाजी ४० वर्षीया मनिषा मग्रान्तीको हत्या भएको हो । घरायसी विवादका क्रममा श्रीमान लालबहादुर सार्कीले मनिषाको घाँटीमा धारिलो हतियार प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय झापाकी इन्सपेक्टर मेहङ्गी तामाङले बताउनुभयो । श्रीमतीको हत्यापछि लालबहादुरले आफ्नो घाँटी पनि [...] The post कनकाईमा श्रीमतीको हत्या, घाइते श्रीमानको अस्पतालमा उपचार हुँदै appeared first on Jhapa Online.

Mar 25, 2025 - 02:06
 0
कनकाईमा श्रीमतीको हत्या, घाइते श्रीमानको अस्पतालमा उपचार हुँदै

कनकाई, १२ चैत । झापाको कनकाई नगरपालिका–५ मा एक जना महिलाको हत्या भएको छ । आज बिहान अन्दाजी ४० वर्षीया मनिषा मग्रान्तीको हत्या भएको हो ।

घरायसी विवादका क्रममा श्रीमान लालबहादुर सार्कीले मनिषाको घाँटीमा धारिलो हतियार प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय झापाकी इन्सपेक्टर मेहङ्गी तामाङले बताउनुभयो ।

श्रीमतीको हत्यापछि लालबहादुरले आफ्नो घाँटी पनि रेटेका छन् । घाइते सार्कीको बिर्तामोडस्थित बिएण्डसी अस्पतालमा उपचार भइरहेको कनकाई ५ का वडाध्यक्ष तथा नगर प्रवक्ता कृष्णबहादुर राईले बताउनुभयो ।

लालबहादुर दुई वर्षदेखि स्थानीय योगेन्द्र बस्यालको घरमा डेरा गरी बस्दै आएका थिए । योगेन्द्र बस्यालका परिवार विदेशमा रहेकोे बुजिएको छ। स्थानीयका अनुसार मनिषा उनकी कान्छी श्रीमती हुन् । जेठी श्रीमतीसहित चार छोराछोरी ताप्लेजुङको सिरिजङ्गा गाउँपालिका १ सिनाममा बस्दै आएको वडा अध्यक्ष राईले बताउनुभयो ।

वडाध्यक्ष राईका अनुसार आज बिहान सबेरै लालबहादुरले श्रीमती मरेको भन्दै गाउँलेलाई खबर गरेका थिए । गाउँले आइनपुग्दै उनले आफ्नै घाँटीमा धारिलो हतियारले हानेको वडाध्यक्ष राईले बताउनुभयो । घटनास्थलमा पुगेको प्रहरीले अहिले आवश्यक कानुनी प्रक्रिया अघि बढाएको जनाएको छ।

The post कनकाईमा श्रीमतीको हत्या, घाइते श्रीमानको अस्पतालमा उपचार हुँदै appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register