कुलमान बर्खास्तबारे जनार्दन शर्मा : राम्रो काम गर्नेलाई लखेट्ने पराजित हुन्छन्

काठमाडौं । पूर्व ऊर्जामन्त्री एवं नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले कुलमान घिसिङलाई नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाउने निर्णयको विरोध गरेका छन् । मन्त्रिपरिषद्‌को सोमबार बसेको बैठकले घिसिङलाई पदबाट हटाउने निर्णय गरेको थियो । राम्रो काम गर्नेलाई हटाउनेहरु पराजित हुने शर्माको भनाइ छ । उनले सामाजिक सञ्जालमा लेखेका छन्, “…लोड सेडिङबाट आहत नागरिकलाई उज्यालो […]

Mar 25, 2025 - 06:32
 0
कुलमान बर्खास्तबारे जनार्दन शर्मा : राम्रो काम गर्नेलाई लखेट्ने पराजित हुन्छन्

काठमाडौं । पूर्व ऊर्जामन्त्री एवं नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले कुलमान घिसिङलाई नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाउने निर्णयको विरोध गरेका छन् ।

मन्त्रिपरिषद्‌को सोमबार बसेको बैठकले घिसिङलाई पदबाट हटाउने निर्णय गरेको थियो ।

राम्रो काम गर्नेलाई हटाउनेहरु पराजित हुने शर्माको भनाइ छ ।

उनले सामाजिक सञ्जालमा लेखेका छन्, “…लोड सेडिङबाट आहत नागरिकलाई उज्यालो नेपालको हाम्रो सपना र योजनाको कार्यान्वयनमा कुलमानले खेलेको भुमिकाको प्रशंसा गर्दै भन्न चाहान्छु राम्रो काम गर्नेलाई लखेट्ने सोच, प्रवृति र पात्रहरूले वेला वेलामा युद्ध जितेको आत्मसन्तुष्टि गरेपनि ति सधैँ पराजीत नै हुन्छन् ।”

शर्मा ऊर्जामन्त्री हुँदा कुलमानलाई पहिलो पटक विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक बनाइएको थियो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register