सेयर बजारमा एक दिन पनि टिकेन मौद्रिक नीतिको उत्साह

काठमाडौं । मौद्रिक नीतिको उत्साह एक दिन पनि टिक्न नसकेपछि साताको दोस्रो कारोबार दिन सेयरबजारमा गिरावट आएको छ । बजारमापक परिसूचक नेप्से सोमबार ३५.०९ अंकले घटेको हो । मौद्रिक नीतिपछि पहिलो दिन आइतबार २९ अंकले बढेको बजार सोमबार २७२५.७१ बिन्दुमा झरेर रोकिएको छ । यस दिन कुल ३२१ कम्पनीका दुई करोड ११ लाख २ हजार […]

Jul 14, 2025 - 11:32
 0
सेयर बजारमा एक दिन पनि टिकेन मौद्रिक नीतिको उत्साह

काठमाडौं । मौद्रिक नीतिको उत्साह एक दिन पनि टिक्न नसकेपछि साताको दोस्रो कारोबार दिन सेयरबजारमा गिरावट आएको छ । बजारमापक परिसूचक नेप्से सोमबार ३५.०९ अंकले घटेको हो ।

मौद्रिक नीतिपछि पहिलो दिन आइतबार २९ अंकले बढेको बजार सोमबार २७२५.७१ बिन्दुमा झरेर रोकिएको छ । यस दिन कुल ३२१ कम्पनीका दुई करोड ११ लाख २ हजार ५४० रुपैयाँ बराबरमा किनबेच भए ।

आइतबार २७६०.८० बिन्दुमा रोकिएको बजारमा ११ अर्ब ४१ करोड ६४ लाख २८ हजार ४६७ रुपैयाँ बराबरको कारोबार भएको थियो ।

आज सेन्सेटिभ इन्डेकस ६.८३ अंकले घटेको छ । फ्लोट इण्डेक्स २.६८ अंकले घटेको छ भने सेन्सेटिभ फ्लोट इण्डेक्स पनि २.५२ अंकले घटेको छ ।

सोमबारमाइखोला हाइड्रो पावर लिमिटेड, हिमालयन पार लिमिटेड, जोशी हाइड्रो पावर र सिनर्जी पावरको सेयर मूल्य सबैभन्दा धेरै बढेको छ ।

माइखोला हाइड्रो पावर लिमिटेडको सेयर मूल्य प्रतिकित्ता ५३.३१ रुपैयाँले बढेर ९५६.६९ रुपैयाँमा अन्तिम कारोबार भएको छ । हिमालयन पावर लिमिटेडको सेयर मूल्य प्रतिकित्ता १६ रुपैयाँले बढेर ३७३.२१ रुपैयाँमा अन्तिम कारोबार भएको छ ।

त्यसैगरी जोशी हाइड्रो पावरको शयेर मूल्य प्रतिकित्ता १४.६८ रुपैयाँले बढेर ३४६.३७ रुपैयाँमा अन्तिम कारोबार भएको छ भने सिनर्जी पावरको सेयर मूल्य १६.२८ रुपैयाँले बढेर ४११.४४ रुपैयाँमा अन्तिम कारोबार भएको छ ।

सोमबार सामुदायीक लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयरमूल्य सबैभन्दा धेरै घटेको छ । यस कम्पनीको सेयरमूल्य प्रतिकित्ता ७१.४८ रुपैयाँले घटेर १५२९.४३ रुपैयाँमा अन्तिम कारोबार भएको हो ।

त्यसैगरी धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयरमूल्य प्रतिकित्ता ६७.७५ रुपैयाँले घटेर १४९२.१८ रुपैयाँमा अन्तिम कारोबार भएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register