दुर्गा प्रसाईं फरार

काठमाडौं । तीनकुनेसहित विभिन्न क्षेत्रमा शुक्रबार भएका अराजक गतिविधिको नेतृत्व गरेका दुर्गा प्रसाईं फरार भएका छन् । उनलाई पक्राउ गर्न विभिन्न स्थानबाट प्रहरी टोली खटाइएको छ । यसअघि प्रसाईंले ‘प्रहरीले जहाँ बोलाउँछ त्यहीँ आउँछु’ भनेका थिए । तर, अहिले उनी फरार रहेको एक प्रहरी अधिकृतले जानकारी दिए । गृह मन्त्रालयले उनलाई शुक्रबार भएको आगजनी, लुटपाट […]

Mar 28, 2025 - 18:01
 0
दुर्गा प्रसाईं फरार

काठमाडौं । तीनकुनेसहित विभिन्न क्षेत्रमा शुक्रबार भएका अराजक गतिविधिको नेतृत्व गरेका दुर्गा प्रसाईं फरार भएका छन् ।

उनलाई पक्राउ गर्न विभिन्न स्थानबाट प्रहरी टोली खटाइएको छ ।

यसअघि प्रसाईंले ‘प्रहरीले जहाँ बोलाउँछ त्यहीँ आउँछु’ भनेका थिए । तर, अहिले उनी फरार रहेको एक प्रहरी अधिकृतले जानकारी दिए ।

गृह मन्त्रालयले उनलाई शुक्रबार भएको आगजनी, लुटपाट र अराजकताको घटनामा प्रमुख दोषी मानेको छ । साथै, सरकारले उक्त घटनामा संलग्न सबैलाई कारबाहीको दायरामा ल्याउने बताएको छ ।

यता, प्रदर्शनको अर्को आयोजक समूह ‘राजसंस्था पुनः स्थापनाका लागि संयुक्त जनआन्दोलन समिति’ का संयोजक नवराज सुवेदीलाई प्रहरीले घरमै नजरबन्द गरेको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register