पाकिस्तानलाई हराउँदै उपाधि न्युजिल्याण्डले जित्यो

काठमाण्डौ, ३ फागुन । पाकिस्तानलाई हराउँदै त्रिदेशीय एकदिवसीय क्रिकेट शृङ्खलाको उपाधि न्युजिल्याण्डले जितेको छ । कराँचीमा गएराति भएको खेलमा पाकिस्तान ५ विकेटले पराजित भयो । जीतका लागि दुई सय ४३ रनको लक्ष्य पछ्याएको न्युजिल्याण्डले ४५ ओभर २ बलमा ५ विकेट गुमाएर भेट्टायो । उसका दुई खेलाडीले अर्धशतक बनाए । ड्याल मिचेलले सर्वाधिक ५७ र टम [...] The post पाकिस्तानलाई हराउँदै उपाधि न्युजिल्याण्डले जित्यो appeared first on Jhapa Online.

Feb 15, 2025 - 07:07
 0
पाकिस्तानलाई हराउँदै उपाधि न्युजिल्याण्डले जित्यो

काठमाण्डौ, ३ फागुन । पाकिस्तानलाई हराउँदै त्रिदेशीय एकदिवसीय क्रिकेट शृङ्खलाको उपाधि न्युजिल्याण्डले जितेको छ । कराँचीमा गएराति भएको खेलमा पाकिस्तान ५ विकेटले पराजित भयो ।

जीतका लागि दुई सय ४३ रनको लक्ष्य पछ्याएको न्युजिल्याण्डले ४५ ओभर २ बलमा ५ विकेट गुमाएर भेट्टायो । उसका दुई खेलाडीले अर्धशतक बनाए । ड्याल मिचेलले सर्वाधिक ५७ र टम लाथमले ५६ रन जोडे । डेभन कन्भे ४८ रनमा आउट भए ।

पाकिस्तानका नसिम शाहले दुई तथा शाहिन शाह अफ्रिदी, अबरार अहमद र सलमान अघाले समान एकरएक विकेट लिए ।

त्यसअघि टस जितेर पहिला ब्याटिङ रोजेको पाकिस्तान ४९ ओभर ३ बलमा दुई सय ४२ रनमा अलआउट भएको थियो । उसका कप्तान मोहम्मद रिजवानले सर्वाधिक ४६ रन बनाए । सलमान अघाले ४५ रन जोडे ।

न्युजिल्याण्डका विल ओरोर्केले चार विकेट लिए । ब्रेसवेल र मिचेल स्यान्टनरले समान दुईरदुई विकेट लिए । च्याम्पियन्स ट्रफी अघि अन्तिम तयारीका लागि न्युजिल्यान्ड, दक्षिण अफ्रिका र पाकिस्तानले यो शृङ्खला खेलेका हुन् ।

The post पाकिस्तानलाई हराउँदै उपाधि न्युजिल्याण्डले जित्यो appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register