जनकपुर टुडेका प्रधान सम्पादकसहित ३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनकपुर टुडेका अध्यक्ष एवं प्रधान सम्पादक वृजकुमार यादवसहित ३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । धनुषाको बटेश्वर गाउँपालिकाअन्तर्गतका वडामा स्वास्थ्य चौकी भवन र डिप बोरिङ तथा डिप बोरिङ हाउस निर्माण कार्यमा अनियमितता गरेको आरोपमा मुद्दा दायर गरिएको आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलले जानकारी दिए । मुद्दामा बटेश्वर गाउँपालिकाका तत्कालीन […]

Mar 25, 2025 - 10:20
 0
जनकपुर टुडेका प्रधान सम्पादकसहित ३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनकपुर टुडेका अध्यक्ष एवं प्रधान सम्पादक वृजकुमार यादवसहित ३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

धनुषाको बटेश्वर गाउँपालिकाअन्तर्गतका वडामा स्वास्थ्य चौकी भवन र डिप बोरिङ तथा डिप बोरिङ हाउस निर्माण कार्यमा अनियमितता गरेको आरोपमा मुद्दा दायर गरिएको आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलले जानकारी दिए ।

मुद्दामा बटेश्वर गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत सावनकुमार चौधरी र छैठौँ तहका अधिकृत सुमनकुमार पुरीलाई पनि प्रतिवादी बनाइएको छ ।

सार्वजनिक खरिद ऐन बमोजिम राष्ट्रिय स्तरको दैनिक पत्रिकामा बोलपत्र आव्हानको सूचना प्रकाशन गर्नुपर्नेमा पालिकाका २ जना कर्मचारी र जनकपुर टुडेका प्रधान सम्पादक एवम अध्यक्ष यादवसँगको मिलोमतोमा उक्त बोलपत्र आह्वानको सूचना लुकाईछुपाई एक प्रतिमात्र आह्वान गरेको पाइएको आरोपपत्रमा उल्लेख छ ।

चौधरी र पुरीलाई ६ लाख ४४ हजार १०० रुपैयाँ बिगो कायम गर्दै कैद र बिगो बमोजिमको जरिवाना सजाय गरी बिगो असूल उपर गर्न माग गरिएको छ ।



What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register