पूर्वी नाका काँकरभिट्टाबाट १२ अर्ब ६४ करोडको पेट्रोलिय पदार्थ आयात

झापा, १३ चैत । चालु आर्थिक वर्षको आठ महिनामा काँकरभिट्टाबाट १२ अर्ब ७४ करोड १६ लाख मूल्य बराबरको पेट्रोलिय पदार्थ आयात भएको छ । गत आवको आठ महिनाको तुलनामा चालु आवको सोही अवधिमा ६४ करोड १७ लाख ५९ हजारले पेट्रोलियम पदार्थको आयातमा कमी आएको छ । गत आवको आठ महिनामा १३ अर्ब ३८ करोड ३३ [...] The post पूर्वी नाका काँकरभिट्टाबाट १२ अर्ब ६४ करोडको पेट्रोलिय पदार्थ आयात appeared first on Jhapa Online.

Mar 26, 2025 - 02:24
 0
पूर्वी नाका काँकरभिट्टाबाट १२ अर्ब ६४ करोडको पेट्रोलिय पदार्थ आयात

झापा, १३ चैत । चालु आर्थिक वर्षको आठ महिनामा काँकरभिट्टाबाट १२ अर्ब ७४ करोड १६ लाख मूल्य बराबरको पेट्रोलिय पदार्थ आयात भएको छ ।

गत आवको आठ महिनाको तुलनामा चालु आवको सोही अवधिमा ६४ करोड १७ लाख ५९ हजारले पेट्रोलियम पदार्थको आयातमा कमी आएको छ । गत आवको आठ महिनामा १३ अर्ब ३८ करोड ३३ लाखको पेट्रोलियम पदार्थ आयात भएको थियो । मेची भन्सार कार्यालयका सूचना अधिकारी इश्वरकुमार हुमागाईंले पेट्रोलियम पदार्थको आयात घटे पनि राजस्व बढेको बताउनुभयो ।

चालु आवका आठ महिनामा पेट्रोलिय पदार्थको आयातबाट छ अर्ब १२ करोड ४२ लाख राजस्व सङ्कलन भएको छ । यो गत आवको सोही अवधिको तुलनामा पाँच दशमलव छ प्रतिशतले बढी हो । गत आवको आठ महिनामा रु पाँच अर्ब ८० करोड १८ लाख राजस्व सङ्कलन भएको थियो ।

The post पूर्वी नाका काँकरभिट्टाबाट १२ अर्ब ६४ करोडको पेट्रोलिय पदार्थ आयात appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register