काठमाडौंमा एक घण्टाको अवधिमा सबैभन्दा बढी वर्षा पानीपोखरीमा, स्याङ्जामा १२ घण्टामा उच्चतम रेकर्ड

काठमाडौं। आइतबार दिउँसोदेखि काठमाडौं उपत्यका र आसपासका जिल्लाहरूमा वर्षा भइरहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै भागहरूमा वर्षा भइरहेको छ। विभागले काठमाडौं उपत्यकासहित सर्लाही, उदयपुर, ओखलढुङ्गा, सिन्धुपाल्चोक, गुल्मी लगायतका जिल्लाहरूमा मेघगर्जनसहितको वर्षा र चट्याङ पर्ने सम्भावना रहेकाले सतर्क रहन आग्रह गरेको छ। एक घण्टाको अवधिमा सबैभन्दा […]

May 18, 2025 - 12:11
 0
काठमाडौंमा एक घण्टाको अवधिमा सबैभन्दा बढी वर्षा पानीपोखरीमा, स्याङ्जामा १२ घण्टामा उच्चतम रेकर्ड

काठमाडौं।

आइतबार दिउँसोदेखि काठमाडौं उपत्यका र आसपासका जिल्लाहरूमा वर्षा भइरहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै भागहरूमा वर्षा भइरहेको छ।

विभागले काठमाडौं उपत्यकासहित सर्लाही, उदयपुर, ओखलढुङ्गा, सिन्धुपाल्चोक, गुल्मी लगायतका जिल्लाहरूमा मेघगर्जनसहितको वर्षा र चट्याङ पर्ने सम्भावना रहेकाले सतर्क रहन आग्रह गरेको छ।

एक घण्टाको अवधिमा सबैभन्दा धेरै वर्षा काठमाडौंको पानीपोखरी क्षेत्रमा मापन गरिएको छ, जहाँ ३५.४ मिलिमिटर वर्षा भएको छ। दोस्रो धेरै वर्षा काभ्रेको खोपासी (पनौती) क्षेत्रमा १० मिलिमिटर मापन गरिएको छ।

१२ घण्टाको अवधीलाई हेर्दा भने सबैभन्दा बढी वर्षा स्याङ्जामा रेकर्ड भएको छ। त्यहाँ १०७ मिलिमिटर पानी परेको विभागको तथ्यांक छ।

यसैबीच, कर्णाली र सुदूरपश्चिमका जिल्लाहरूमा भने छिटफुट रूपमा मात्र वर्षा भएको जानकारी विभागले दिएको छ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register