सुरक्षाकर्मीलाई दुर्गा प्रसाईंको अश्लिल गाली, प्रहरीको घेरा र ट्राफिक डिभाइडरमाथि गुडाए गाडी

 काठमाडौं । बानेश्वर तिनकुने क्षेत्रमा राजावादी समर्थकहरूले गरेको प्रदर्शनलाई थप उत्तेजित बनाउन राजावादी आन्दोलनका मुख्य कमाण्डर दुर्गा प्रसाईंले प्रहरीको सुरक्षाा घेरा र ट्राफिक प्रहरीको डिभाइडरमाथि गाडी चलाएका थिए । प्रसाईंले प्रहरी सुरक्षाकर्मीहरूले गाडी रोक्न खोज्दा उल्टै गाली गर्दै सिसा लगाएका थिए । उनी बीएबी ४२४८ नम्बरको गाडी अनियन्त्रित ढंगले चलाउँदै आफैं निषेधित क्षेत्र तोड्न पुगेका थिए […]

Mar 28, 2025 - 11:49
 0
सुरक्षाकर्मीलाई दुर्गा प्रसाईंको अश्लिल गाली, प्रहरीको घेरा र ट्राफिक डिभाइडरमाथि गुडाए गाडी

 काठमाडौं । बानेश्वर तिनकुने क्षेत्रमा राजावादी समर्थकहरूले गरेको प्रदर्शनलाई थप उत्तेजित बनाउन राजावादी आन्दोलनका मुख्य कमाण्डर दुर्गा प्रसाईंले प्रहरीको सुरक्षाा घेरा र ट्राफिक प्रहरीको डिभाइडरमाथि गाडी चलाएका थिए ।

प्रसाईंले प्रहरी सुरक्षाकर्मीहरूले गाडी रोक्न खोज्दा उल्टै गाली गर्दै सिसा लगाएका थिए । उनी बीएबी ४२४८ नम्बरको गाडी अनियन्त्रित ढंगले चलाउँदै आफैं निषेधित क्षेत्र तोड्न पुगेका थिए । गाडी चलाउँदै उनी कार्यकर्तालाई ‘आओ–आओ’ भन्दै गाडी चलाइरहेका देखिन्छन् । उनी निषेधित क्षेत्रतर्फ अगाडी बढ्दै गर्दा निषेधित क्षेत्रमा ठूलो संख्यामा प्रहरी उभिएका थिए ।

उनले प्रहरीलाई अश्लिल गाली गरेका थिए । उनको गाडीको चाबी झिक्न खोजेर प्रहरीले रोक्न खोजे पनि उनले भने सुरक्षा घरेमाथि नै पर्ने गरी गाडी चलाएका थिए । निषेधित क्षेत्र तोडेर अगाडी बढिसकेपछि उनले ट्राफिक प्रहरीले राखेको स्टप डीभाइडरमाथि नै गाडी गुडाएका थिए ।

प्रसाईंले गाडी अन्धाधुन्ध चलाएर निषेधित क्षेत्र तोड्दै अघि बढेपछि राजावादीको आन्दोलन निकै उग्र बनेको थियो ।

प्रहरी राजावादी प्रदर्शनकारीको भीडलाई नियन्त्रणमा लिन प्रयास गरेपछि भने प्रसाईं कार्यक्रमस्थल छोडेर भागेका थिए ।

त्यसपछि राजावादीहरूले  तीनकुने क्षेत्रमा  गरेको प्रदर्शन उग्र बनेपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले काठमाडौंका विभिन्न क्षेत्रमा कर्फ्यू लगाएको छ । राजावादी प्रदर्शनकारी उग्र भएर व्यक्तिको घर तोडफोड तथा आगजनीमा उत्रिएपछि सम्भावित दुर्घटनालाई टार्न काठमाडौँ प्रशासनले कर्फ्यु लगाएको हो ।

साँझ ४:२५ देखि राती १० बजेसम्मका लागि बानेश्वर तिनकुने क्षेत्रमा कर्फ्यू जारी गरेको हो ।

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register