यौन दुर्व्यवहारको आरोपमा इनड्राइभ चालक पक्राउ
काठमाडौं । यौन दुर्व्यवहारको आरोपमा राइड सेयरिङ सेवा प्रदायक कम्पनी इनड्राइभ चालक पक्राउ परेका छन् । पक्राउ पर्नेमा चितवनको नारायणी नगरपालिका–४ का प्रवीण बराल रहेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंकाका प्रवक्ता नवराज अधिकारीका अनुसार २५ वर्षीय बराललाई थानकोटबाट पक्राउ गरिएको हो । इनड्राईभमा चढाएर आफूमाथि शोषण भएको भन्दै एक युवतीले दिएको उजुरीको […]

काठमाडौं । यौन दुर्व्यवहारको आरोपमा राइड सेयरिङ सेवा प्रदायक कम्पनी इनड्राइभ चालक पक्राउ परेका छन् । पक्राउ पर्नेमा चितवनको नारायणी नगरपालिका–४ का प्रवीण बराल रहेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौंकाका प्रवक्ता नवराज अधिकारीका अनुसार २५ वर्षीय बराललाई थानकोटबाट पक्राउ गरिएको हो । इनड्राईभमा चढाएर आफूमाथि शोषण भएको भन्दै एक युवतीले दिएको उजुरीको आधारमा प्रहरीले उनलाई पक्राउ गरेको हो ।
चितवनको मुग्लिन बजारबाट काठमाडौँ जान अनलाइनमार्फत आग्रह गर्दा राइडरले ह्वाट्सएपमा म्यासेज गरेर यौन उत्पीडन गरेको भन्दै ती महिलाले ‘टिकटक’मा भिडिओ समेत पोष्ट गरेकी थिईन् ।
पक्राउ परेका चालकलाई अहिले काठमाडौं प्रहरी परिसरमा राखिएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रवक्ता अधिकारीले जानकारी दिए ।
What's Your Reaction?






