जापान बन्यो २०२६ को विश्वकपका लागि छानिने पहिलो राष्ट्र, अर्जेन्टिना छनोट नजिक

काठमाडौं । एसियाली राष्ट्र जापान सन् २०२६ मा हुन गइरहेको विश्वकप फुटबलका लागि छानिने पहिलो राष्ट्र बनेको छ । एसियाली छनोटको अन्तिम चरणअन्तर्गत बिहीबार राति घरेलु मैदानमा भएको खेलमा बहराइनलाई २–० गोल अन्तरले पराजित गर्दै जापान विश्वकपमा छनोट भएको हो । यससँगै जापान विश्वकपमा आठौं पटक छनोट भएको छ । खेलको ६६औं मिनेटमा दाइची कामाडाले […]

Mar 21, 2025 - 02:57
 0
जापान बन्यो २०२६ को विश्वकपका लागि छानिने पहिलो राष्ट्र, अर्जेन्टिना छनोट नजिक

काठमाडौं । एसियाली राष्ट्र जापान सन् २०२६ मा हुन गइरहेको विश्वकप फुटबलका लागि छानिने पहिलो राष्ट्र बनेको छ ।

एसियाली छनोटको अन्तिम चरणअन्तर्गत बिहीबार राति घरेलु मैदानमा भएको खेलमा बहराइनलाई २–० गोल अन्तरले पराजित गर्दै जापान विश्वकपमा छनोट भएको हो ।

यससँगै जापान विश्वकपमा आठौं पटक छनोट भएको छ ।

खेलको ६६औं मिनेटमा दाइची कामाडाले ताकेफुसा कुबोको पासमा गोल गर्दै जापानलाई अग्रता दिलाएका थिए । त्यसपछि खेलको ८७औं मिनेटमा जुन्या इटोको पासमा ताकेफुसा कुबोले गोल गर्दै जापानको जित सुनिश्चित गरेका हुन् ।

जापानले अब मङ्गलबार साउदी अरबसँग खेल्नेछ ।

यस्तै साविक विजेता अर्जेन्टिना पनि विश्वकप छनोट नजिक छ । शनिबार हुन गइरहेको उरुग्वेविरुद्धको खेलमा बराबरी गरेमात्रै पनि अर्जेन्टिना विश्वपमा छनोट हुनेछ ।

गत वर्षको नोभेम्बरमा पेरूलाई पराजित गर्दा नै तीन पटकको विश्वविजेता अर्जेन्टिनाले विश्वकप छनोट लगभग सुनिश्चित गरिसकेको थियो । गणितीय हिसाबले मात्र छनोट हुन बाँकी रहेको हो ।

आगामी वर्ष उत्तर अमेरिकाका तीन देश क्यानडा, अमेरिका र मेक्सिकोमा विश्वकप आयोजना हुँदैछ । यी तिनवटै टोली आयोजकका हैसियतमा सिधै छनोट भइसकेका छन् । छनोट खेलेर विश्वकपमा पुग्नेमा भने जापान पहिलो टोली बनेको हो ।

सम्बन्धित समाचार : मेसी र नेयमार दुवै राष्ट्रिय टोली बाहिर

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register