तीनकुनेमा गोली लागेका ७ जनाको उपचार जारी, १ को अवस्था चिन्ताजनक

काठमाडौं । राजावादीको आन्दोलनका क्रममा शुक्रबार तीनकुनेमा प्रहरीसँगको झडपमा परी घाइते भएका ७ जनाको काठमाडौंका विभिन्न अस्पतालमा उपचार भइरहेको छ। त्रिभुवन शिक्षण अस्पताल महाराजगन्जमा ५ जना र राष्ट्रिय ट्रमा सेन्टरमा २ जनाको उपचार जारी छ। शिक्षण अस्पतालका अनुसार गोली लागेका ५ जनाको अवस्था स्थिर छ। राष्ट्रिय ट्रमा सेन्टरमा उपचाररत पेटमा गोली लागेका एक जनाको अवस्था […]

Mar 28, 2025 - 13:27
 0
तीनकुनेमा गोली लागेका ७ जनाको उपचार जारी, १ को अवस्था चिन्ताजनक

काठमाडौं । राजावादीको आन्दोलनका क्रममा शुक्रबार तीनकुनेमा प्रहरीसँगको झडपमा परी घाइते भएका ७ जनाको काठमाडौंका विभिन्न अस्पतालमा उपचार भइरहेको छ।

त्रिभुवन शिक्षण अस्पताल महाराजगन्जमा ५ जना र राष्ट्रिय ट्रमा सेन्टरमा २ जनाको उपचार जारी छ। शिक्षण अस्पतालका अनुसार गोली लागेका ५ जनाको अवस्था स्थिर छ। राष्ट्रिय ट्रमा सेन्टरमा उपचाररत पेटमा गोली लागेका एक जनाको अवस्था चिन्ताजनक रहेको बताइएको छ ।

प्रदर्शनकारीहरूले प्रहरीको बन्दुक खोसेको र आक्रमण गरेका दृश्यहरू सामाजिक सञ्जालमा सार्वजनिक भएका थिए। प्रदर्शनकारीले घर, पसल, सञ्चार गृह र सरकारी सम्पत्तिमा आगजनी गरेका थिए। प्रदर्शनका क्रममा कोटेश्वरस्थित जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेडको कार्यालयमा आगजनी र भाटभटेनीमा तोडफोड र लुटपाट भएको थियो।

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register