राजावादीहरूको आन्दोलनमा घाइते भएकालाई सरकारले निशुल्क उपचार गर्ने
काठमाडौं । सरकारले पूर्वराजाका समर्थकहरूको आन्दोलनमा घाइते भएकाहरुको निशुल्क उपचार गर्ने भएको छ । शुक्रबार अबेर राती प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले घाइतेहरूको निशुल्क उपचार गर्ने निर्णय गरेको सरकरका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले जानकारी दिए । त्यस्तै: बैठकले तीनकुनेमा घटेको घटनाक्रमप्रति घोर भर्त्सना गरेको छ । मृतकहरूप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै स्वास्थ्य लाभको कामना गर्ने निर्णय भएको […]

काठमाडौं । सरकारले पूर्वराजाका समर्थकहरूको आन्दोलनमा घाइते भएकाहरुको निशुल्क उपचार गर्ने भएको छ । शुक्रबार अबेर राती प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले घाइतेहरूको निशुल्क उपचार गर्ने निर्णय गरेको सरकरका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।
त्यस्तै: बैठकले तीनकुनेमा घटेको घटनाक्रमप्रति घोर भर्त्सना गरेको छ । मृतकहरूप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै स्वास्थ्य लाभको कामना गर्ने निर्णय भएको गुरुङले बताए । घटनाका दोषिलाई छानबिन गरी कारबाही गर्ने निर्णय पनि सरकारले गरेको छ ।
आजको घटनाका दोषीलाई छानबिन गरी कारबाही गर्ने निर्णय पनि सरकारले गरेको छ ।
What's Your Reaction?






