कलवार समिति झापामा पुनः राजकिशोर चौधरी

चन्द्र बस्नेतकनकाई, १६ चैत । नेपाल कलवार सेवा समिति झापाको प्रथम वार्षिक साधारणसभा तथा अधिवेशन शुक्रबार सम्पन्न भएको छ । प्रथम वार्षिक साधारणसभा तथा अधिवेशनबाट पुनः राजकिशोर चौधरी (कनकाई) को नेतृत्वमा १८ सदस्यीय कार्यसमिति चयन गरिएको छ । जसमा वरिष्ठ उपाध्यक्षमा रामबाबु चौधरी, उपाध्यक्षमा मनोज चौधरी, कोषाध्यक्षमा शत्रुधन चौधरी (बिर्तामोड), सह कोषाध्यक्षमा शेखर भगत, महासचिवमा [...] The post कलवार समिति झापामा पुनः राजकिशोर चौधरी appeared first on Jhapa Online.

Mar 29, 2025 - 03:19
 0
कलवार समिति झापामा पुनः राजकिशोर चौधरी

चन्द्र बस्नेत
कनकाई, १६ चैत ।
नेपाल कलवार सेवा समिति झापाको प्रथम वार्षिक साधारणसभा तथा अधिवेशन शुक्रबार सम्पन्न भएको छ ।

प्रथम वार्षिक साधारणसभा तथा अधिवेशनबाट पुनः राजकिशोर चौधरी (कनकाई) को नेतृत्वमा १८ सदस्यीय कार्यसमिति चयन गरिएको छ । जसमा वरिष्ठ उपाध्यक्षमा रामबाबु चौधरी, उपाध्यक्षमा मनोज चौधरी, कोषाध्यक्षमा शत्रुधन चौधरी (बिर्तामोड), सह कोषाध्यक्षमा शेखर भगत, महासचिवमा दिपककुमार चौधरी, सचिवमा सञ्जय चौधरी चयन हुनुभएको छ ।

समितिको सदस्यहरुमा नितेश चौधरी, शम्भु चौधरी, हितेश चौधरी, शत्रुधन चौधरी (भद्रपुर), राजकिशोर चौधरी (धुलाबारी), अजय कलवर, मनोज भगत, मनिता चौधरी, बविता चौधरी (बिर्तामोड), पुजा चौधरी (शनिशरे), हेमलता चौधरी (बिर्तामोड) र जगदीश चौधरी (राजगढ) गरी १८ सदस्यीय नयाँ समिति चयन भएको छ ।

अधिवेशनले प्रेमचन्द्र चौधरीको संयोजकत्वमा ९ सदस्यीय सल्लाहकार समिति समेत चयन गरेको छ । सल्लाहकार समितिको सदस्यमा नारायण चौधरी, भरत चौधरी, रामनारायण चौधरी, प्रदीप चौधरी, सत्यनारायण चौधरी, इन्द्रजित चौधरी, उदयशंकर चौधरी र रामवृक्ष चौधरी चयन हुनुभएको छ ।

समितिका तदर्थ समितिका अध्यक्ष राजकिशोर चौधरीको अध्यक्षता तथा अग्रज प्रेमचन्द चौधरीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा संस्थाका तदर्थ समितिका बरिष्ठ उपाध्यक्ष रामबाबु चौधरीले स्वागत मन्तव्य व्यक्त राख्नुभएको थियो ।

कार्यक्रममा संस्थाका तदर्थ समितिका पदाधिकारी र आजीवन सदस्य ८९ जनालाई प्रमाणपत्र वितरण गरिएको थियो । समितिको वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै समितिका अध्यक्ष राजकिशोर चौधरीले विगत एक वर्षको उपलब्धि, चुनौती र आगामी योजनाबारे प्रकाश पार्नुभएको थियो ।

कार्यक्रममा प्रमुख अतिथि प्रेमचन्द्र चौधरी, विशिष्ठ अतिथि नेपाल विद्युत् प्राधिकरण अनरमनी बिर्तामोडका प्रमुख सन्जिवकुमार शाह, अतिथिमा सत्यनारायण चौधरी, प्रदिपकुमार चौधरी, भरत चौधरी, उदय चन्द्र चौधरी लगायतले कलवार समुदायको हकहित, सांस्कृतिक संरक्षण, तथा सामाजिक सेवाका क्षेत्रमा समितिले पुर्याउँदै आएको योगदानको प्रशंसा गर्नुभएको थियो । कार्यक्रमको संचालन समितिका महासचिव दिपक चौधरीले गर्नुभएको थियो ।

The post कलवार समिति झापामा पुनः राजकिशोर चौधरी appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register