सीमा व्यवस्थापन सम्बन्धी संयुक्त कार्यदलको १३ औं बैठक सम्पन्न 

पोखरा। सीमा व्यवस्थापन ‘बीएम’ सम्बन्धी भारत(नेपाल संयुक्त कार्यदल जेडब्लजुी को १३ औं बैठक सम्म नेपालको पोखरामा सम्पन्न भएको छ । दुई दिने बैठक शुक्रबार सम्पन्न भएको हो । २०८१ चैत्र १४ र १५ गते आयोजना गरिएको भारतीय प्रतिनिधिमण्डलको नेतृत्व भारत सरकारको गृह मन्त्रालयका सहसचिव ‘सीमा व्यवस्थापन’ मिहिर कुमारले गरेका थिए भने नेपाली प्रतिनिधिमण्डलको नेतृत्व नेपाल […]

Mar 29, 2025 - 04:48
 0
सीमा व्यवस्थापन सम्बन्धी संयुक्त कार्यदलको १३ औं बैठक सम्पन्न 

पोखरा। सीमा व्यवस्थापन ‘बीएम’ सम्बन्धी भारत(नेपाल संयुक्त कार्यदल जेडब्लजुी को १३ औं बैठक सम्म नेपालको पोखरामा सम्पन्न भएको छ ।

दुई दिने बैठक शुक्रबार सम्पन्न भएको हो । २०८१ चैत्र १४ र १५ गते आयोजना गरिएको भारतीय प्रतिनिधिमण्डलको नेतृत्व भारत सरकारको गृह मन्त्रालयका सहसचिव ‘सीमा व्यवस्थापन’ मिहिर कुमारले गरेका थिए भने नेपाली प्रतिनिधिमण्डलको नेतृत्व नेपाल सरकारको गृह मन्त्रालयका सहसचिव ‘सुरक्षा तथा समन्वय’ रामचन्द्र तिवारीले गरेका थिए ।

दुवै पक्षले मिति २०७९ असार १–२ गते सम्म नयाँ दिल्लीमा भएको पछिल्लो जेडब्लजीमा गरिएको निर्णयहरूको समीक्षा गरे जसमा विशेष गरी सीमा स्तम्भहरूको मर्मत र सम्भारको बारेमा रहेको थियो ।

उनीहरूले सीमा पार हुने आपराधिक गतिविधिहरू सीमा पूर्वाधारहरू विशेष गरी एकीकृत जाँच चौकी, सडक र रेलवे–सञ्जालको सुदृढीकरण विभिन्न सुरक्षा सम्बन्धी संस्थाहरूको सशिक्तिकरण र क्षमता निर्माण र विपद् जोखिम न्यूनीकरण र व्यवस्थापनमा सुदृढ पार्ने तरिकाहरू सम्बन्धी विषयहरूमा पनि छलफल गरे ।

सीमा व्यवस्थापन सम्बन्धी संयुक्त कार्यदलले पारम्परिक कानुनी सहायता सन्धि एमएलएटी सम्पन्न गर्ने प्रगतिको समीक्षा गर्नुका साथै दुवै पक्षबिचको सीमावर्ती जिल्लाको संयुक्त समन्वय समिति बीडीसीसी को कामको प्रगतिको पनि समीक्षा गर्‍यो ।

दुवै पक्षले सीमा व्यवस्थापन सम्बन्धी संयुक्त कार्यदलको बैठकहरू नियमित रूपमा आयोजना गर्ने कुराको सुनिश्चितता गर्न सहमति जनाए ।

भारतीय प्रतिनिधिमण्डले अर्को भारतमा आयोजना हुने सीमा व्यवस्थापनसम्बन्धी अर्को पटकको संयुक्त कार्यदलको बैठकको लागि नेपाली प्रतिनिधिमण्डललाई निमन्त्रणा प्रदान गर्‍यो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register