राजावादीको प्रदर्शन नयाँ पुस्ताका लागि बुझ्ने मौका : महासचिव पोखरेल

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले राजावादीहरूको प्रदर्शनले उनीहरूको वास्तविकता उदांगिएको बताएका छन् । शुक्रबार भएका समाजवादी मोर्चा र राजावादीको प्रदर्शनको तुलना गर्दै महासचिव पोखरेलले राजावादीहरू के चाहन्छन् भन्ने उदांगिएको टिप्पणी सामाजिक सञ्जालमार्फत गरेका छन् । ‘हिजो एकै दिन राजधानीमा दुईवटा जनप्रदर्शन भए । विपक्षमा रहेको समाजवादी मोर्चाले आयोजना गरेको कार्यक्रममा राजावादीहरूको कार्यक्रममा भन्दा […]

Mar 29, 2025 - 04:45
 0
राजावादीको प्रदर्शन नयाँ पुस्ताका लागि बुझ्ने मौका : महासचिव पोखरेल

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले राजावादीहरूको प्रदर्शनले उनीहरूको वास्तविकता उदांगिएको बताएका छन् ।

शुक्रबार भएका समाजवादी मोर्चा र राजावादीको प्रदर्शनको तुलना गर्दै महासचिव पोखरेलले राजावादीहरू के चाहन्छन् भन्ने उदांगिएको टिप्पणी सामाजिक सञ्जालमार्फत गरेका छन् ।

‘हिजो एकै दिन राजधानीमा दुईवटा जनप्रदर्शन भए । विपक्षमा रहेको समाजवादी मोर्चाले आयोजना गरेको कार्यक्रममा राजावादीहरूको कार्यक्रममा भन्दा धेरै जनताको सहभागिता रह्यो । कार्यक्रम शान्त, मर्यादित र सन्देश मुलुक रह्यो । राजावादीहरूको कार्यक्रम हिंसात्मक, प्रतिरोधात्मक, अराजक रह्यो,’ सामाजिक सञ्जालमार्फत उनले भनेका छन् ।

उनीहरूका क्रियाकलापले राजतन्त्रको निरङ्कुशता र दमन बेहोर्न नपरेको नयाँ पुस्तालाई त्यस बारेमा थोरै भए पनि बुझ्ने मौका मिलेको उनको भनाइ छ ।  व्यवस्थाको विकल्प दिन्छौ भन्नेहरू आन्दोलनका माध्यमबाट अपिल गर्न र सन्देश दिन सक्नु पर्नेमा त्यसमा राजावादीहरू पूर्णतः असफल भएको पोखरेलले उल्लेख गरेका छन् ।

आन्दोलनका नाममा नियोजित रूपमा परिचालित आपराधिक जत्थाको तोडफोड, आगजनी र लुटपाटबाट पीडित भएकाहरूलाई राज्यका तर्फबाट यथोचित सम्बोधन आवश्यक रहेको उनले सामाजिक सञ्जालमा उल्लेख गरेका छन् ।

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register