नाउपा अध्यक्ष रञ्जिता श्रेष्ठ अस्पताल भर्ना

काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा)की अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरी अस्पताल भर्ना भएकी छिन् । स्वास्थ्यमा समस्या आएपछि उनी काठमाडौंको टोखास्थित ग्राण्डी अस्पतालमा भर्ना भएकी हुन् । श्रेष्ठ बुधबार नै अस्पताल भर्ना भएकी थिइन् । तर, जनमतसँग पार्टी एकता तय गरिएकाले उनले बिहान ११ बजेतिर डिस्चार्ज लिएकी थिइन्। उनलाई बुधबार साँझ नै फलोअपका लागि आउन […]

May 1, 2025 - 12:49
 0
नाउपा अध्यक्ष रञ्जिता श्रेष्ठ अस्पताल भर्ना

काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा)की अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरी अस्पताल भर्ना भएकी छिन् ।

स्वास्थ्यमा समस्या आएपछि उनी काठमाडौंको टोखास्थित ग्राण्डी अस्पतालमा भर्ना भएकी हुन् ।

श्रेष्ठ बुधबार नै अस्पताल भर्ना भएकी थिइन् । तर, जनमतसँग पार्टी एकता तय गरिएकाले उनले बिहान ११ बजेतिर डिस्चार्ज लिएकी थिइन्। उनलाई बुधबार साँझ नै फलोअपका लागि आउन भनिएको थियो ।

स्वास्थ्यमा समस्या भएपछि बिहीबार पुनः भर्ना गरिएको श्रेष्ठको सचिवालयले जनाएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register