वेस्ट बैङ्कमा इजरायली हवाई आक्रमणका छुट्टाछुट्टै घटना : चार प्यालेस्टिनीको मृत्यु

काठमाडौं । वेस्ट बैङ्कको जेनिन सहरमा इजरायलले गरेको दुई छुट्टाछुट्टै हवाई आक्रमणमा चार प्यालेस्टिनीको मृत्यु भएको छ । इजरायली ड्रोनले जेनिनको दक्षिणी कबाटिया सहरको केन्द्रमा एउटा गाडीलाई निशाना बनाएको प्यालेस्टिनी स्रोतले जनाएको हो । गाडीमा भएको आक्रमणमा दुई प्यालेस्टिनी युवाको मृत्यु भएको प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको छ । प्यालेस्टिनी रेड क्रिसेन्ट सोसाइटीले उक्त क्षेत्रमा […]

Feb 3, 2025 - 04:24
 0
वेस्ट बैङ्कमा इजरायली हवाई आक्रमणका छुट्टाछुट्टै घटना : चार प्यालेस्टिनीको मृत्यु

काठमाडौं । वेस्ट बैङ्कको जेनिन सहरमा इजरायलले गरेको दुई छुट्टाछुट्टै हवाई आक्रमणमा चार प्यालेस्टिनीको मृत्यु भएको छ ।

इजरायली ड्रोनले जेनिनको दक्षिणी कबाटिया सहरको केन्द्रमा एउटा गाडीलाई निशाना बनाएको प्यालेस्टिनी स्रोतले जनाएको हो ।

गाडीमा भएको आक्रमणमा दुई प्यालेस्टिनी युवाको मृत्यु भएको प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको छ ।

प्यालेस्टिनी रेड क्रिसेन्ट सोसाइटीले उक्त क्षेत्रमा बमबारीपछि दुईजना पीडितको शव र एकजना घाइतेलाई जेनिनको पूर्वी क्षेत्रबाट अस्पताल पुर्याएको बताएको छ ।

प्यालेस्टिनी सुरक्षा स्रोतहरूले एकै साथ इजरायली हवाई आक्रमणले मोटरसाइकललाई पनि निशाना बनाएको जनाएको छ, जसमा दुई अन्य युवाको मृत्यु भएको थियो ।

इजरायली सेनाले जेनिन शरणार्थी शिविरमा लगातार १२ औं दिनमा आक्रमण जारी राख्दा उक्त घटनाक्रमहरू आएका छन् ।

इजरायल र हमासबीच ६ हप्ताको गाजा युद्धविराम सम्झौता भएको थियो, जुन जनवरी १९ देखि लागू भएको छ । तर वेस्ट बैङ्कमा भने हिंसा जारी छ ।

प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयका अनुसार सन् २०२३ अक्टोबर ७ देखि वेस्ट बैङ्कमा तनाव बढ्दै गएको छ, जसको परिणामस्वरूप इजरायली गोलाबारी र हवाई आक्रमणका कारण ८०० भन्दा बढी प्यालेस्टिनीको मृत्यु भएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register