भारतको बिश्नोइ समूहसँग मिलेर फिरौती उठाउने दुर्गा प्रसाईंको कमान्डमा राजावादी आन्दोलन भयो : मन्त्री चौरसिया

काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री अजय चौरसियाले राजावादी आन्दोलनको नेतृत्व भारतको बिश्नोइ समूहसँग मिलेर फिरौती उठाउने दुर्गा प्रसाईंले गरेको बताएका छन् । शुक्रवार काठमाडौंमा भएको घटनाबारे भारतीय टेलिभिजन च्यानल आजतकसँग कुरा गर्ने क्रममा मन्त्री चौरसियाले शान्तिपूर्ण ढंगले आफ्ना माग राख्न मिल्ने अधिकार भए पनि प्रसाईंजस्ता बदनाम व्यक्तिलाई पूर्वाराजाले आन्दोलनको कमान्डर बनाएको बताउका […]

Mar 29, 2025 - 08:58
 0
भारतको बिश्नोइ समूहसँग मिलेर फिरौती उठाउने दुर्गा प्रसाईंको कमान्डमा राजावादी आन्दोलन भयो : मन्त्री चौरसिया

काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री अजय चौरसियाले राजावादी आन्दोलनको नेतृत्व भारतको बिश्नोइ समूहसँग मिलेर फिरौती उठाउने दुर्गा प्रसाईंले गरेको बताएका छन् ।

शुक्रवार काठमाडौंमा भएको घटनाबारे भारतीय टेलिभिजन च्यानल आजतकसँग कुरा गर्ने क्रममा मन्त्री चौरसियाले शान्तिपूर्ण ढंगले आफ्ना माग राख्न मिल्ने अधिकार भए पनि प्रसाईंजस्ता बदनाम व्यक्तिलाई पूर्वाराजाले आन्दोलनको कमान्डर बनाएको बताउका हुन् ।

‘पूर्वराजाले दुर्गा प्रसाईं जस्ता बदनाम व्यक्तिको हातमा जनकमान्डर बनाएका थिए ।  जसको बैंकमा ६/७ अरब ऋण छ, कयौं वर्षदेखि ब्याज तिरिरहेको छैनन्,’ मन्त्री चौरसियाले भनेका छन्, ‘जो भारतको बिश्नोइ ग्रुपसँग सम्बन्ध भएका व्यक्ति हुन् । उनले विश्नोइको नाममा यहाँ फिरौती उठाउने काम गर्छन् । यस्तो व्यक्तिलाई यहाँ नेतृत्व दिइएको थियो ।’

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register