राप्रपा युवा सङ्गठनका संयोजक केसीलाई छोड्न सर्वोच्चको आदेश

काठमाडौं । फेसबुकमा स्ट्याटस लेखेको आरोपमा पक्राउ परेका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का युवा सङ्गठनका संयोजक सुजित केसीलाई रिहा गर्न सर्वोच्च अदालतले आदेश दिएको छ । बुधवार न्यायाधीश बालकृष्ण ढकाल र नित्यानन्द पाण्डेयको इजलासले केसीले दायर गरेको बन्दी प्रत्यक्षीकरण रिटमाथि सुनुवाइ गर्दै हिरासत मुक्त गर्न आदेश दिएको हो । उनले काङ्ग्रेस सभापति शेरबहादुर देउवाविरुद्ध सामाजिक […]

May 21, 2025 - 13:08
 0
राप्रपा युवा सङ्गठनका संयोजक केसीलाई छोड्न सर्वोच्चको आदेश

काठमाडौं । फेसबुकमा स्ट्याटस लेखेको आरोपमा पक्राउ परेका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का युवा सङ्गठनका संयोजक सुजित केसीलाई रिहा गर्न सर्वोच्च अदालतले आदेश दिएको छ ।

बुधवार न्यायाधीश बालकृष्ण ढकाल र नित्यानन्द पाण्डेयको इजलासले केसीले दायर गरेको बन्दी प्रत्यक्षीकरण रिटमाथि सुनुवाइ गर्दै हिरासत मुक्त गर्न आदेश दिएको हो ।

उनले काङ्ग्रेस सभापति शेरबहादुर देउवाविरुद्ध सामाजिक सञ्जालमा स्टाटस लेखेका थिए ।

केसीको बन्दी प्रत्यक्षीकरण रिटमा सुनुवाइको लागि मङ्गलबार पेसी तोकिएको थियो । तर, रवि लामिछाने बन्दी प्रत्यक्षीकरण रिटमा सुनुवाइमा समय सकिएपछि केसीको रिट हेर्न नभ्याइनेमा पुगेपछी आज (बुधबार) सुनुवाइ भएको हो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register