अर्जुनधारा नगर अस्पताल न्यूनतम सेवा मापदण्ड मूल्यांकनमा उत्कृष्ट

अर्जुनधारा, ७ जेठ । झापाको अर्जुनधारा नगरपालिकाको आधारभूत नगर अस्पताल न्यूनतम सेवा मापदण्ड मूल्यांकनमा झापाकै उत्कृष्ट भएको छ । कोशी प्रदेश सरकार स्वास्थ्य मन्त्रालय स्वास्थ्य निर्देशनालय स्वास्थ्य कार्यालय झापाको आयोजनामा भएको अनुगमन तथा निरीक्षणका क्रममा आधारभूत  नगर अस्पतालको न्यूनतम सेवा मापदण्ड मूल्यांकन कार्यक्रममा शनिश्चरे नगर अस्पताल जिल्लाकै उत्कृष्ट भएको हो ।  शनिश्चरे अस्पतालले ७० प्रतिशत एमएसएस स्कोर प्राप्त [...] The post अर्जुनधारा नगर अस्पताल न्यूनतम सेवा मापदण्ड मूल्यांकनमा उत्कृष्ट appeared first on Jhapa Online.

May 21, 2025 - 12:42
 0
अर्जुनधारा नगर अस्पताल न्यूनतम सेवा मापदण्ड मूल्यांकनमा उत्कृष्ट

अर्जुनधारा, ७ जेठ । झापाको अर्जुनधारा नगरपालिकाको आधारभूत नगर अस्पताल न्यूनतम सेवा मापदण्ड मूल्यांकनमा झापाकै उत्कृष्ट भएको छ ।

कोशी प्रदेश सरकार स्वास्थ्य मन्त्रालय स्वास्थ्य निर्देशनालय स्वास्थ्य कार्यालय झापाको आयोजनामा भएको अनुगमन तथा निरीक्षणका क्रममा आधारभूत  नगर अस्पतालको न्यूनतम सेवा मापदण्ड मूल्यांकन कार्यक्रममा शनिश्चरे नगर अस्पताल जिल्लाकै उत्कृष्ट भएको हो । 

शनिश्चरे अस्पतालले ७० प्रतिशत एमएसएस स्कोर प्राप्त गर्न सफल भएको र झापामा सञ्चालित आधारभूत अस्पताल मध्ये उक्त अंक उत्कृष्ट भएको स्वास्थ्य कार्यालय झापाका जन स्वास्थ्य निरिक्षण विश्वनाथ श्रेष्ठले बताउनुभयो । 

झापाका पाँच पालिकाका आधारभूत अस्पतालको निरीक्षण भइरहेको उहाँले बताउनुभयो । जसमध्ये गौरीगञ्ज, कनकाई, बिर्तामोड र अर्जुनधाराको शनिश्चरे आधारभूत अस्पतालको अनुगमन गरिएको र मेचीनगरको गर्न बाँकी रहेको उहाँले बताउनुभयो । 

पहिलो पटक कोशी प्रदेश सरकार स्वास्थ्य मन्त्रालय स्वास्थ्य निर्देशनालय स्वास्थ्य कार्यालयले नगर अस्पतालको न्यूनतम सेवा मापदण्ड मूल्यांकन गर्न थालेको छ ।

आज शनिश्चरे नगर अस्पतालको सुचाङ्क सार्वजनिक  तथा सुधार गर्नु पर्ने सुझाव कार्यक्रममा अर्जुनधारा नगरपालिकाका नगर प्रमुख बलदेवसिंह गोम्देन तामाङ, नगर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट  डा. योगेस चेम्जुङ, अस्पताल व्यवस्थापन समितिका सदस्य कृषन बराल लगायतको उपस्थित रहेको थियो । 

The post अर्जुनधारा नगर अस्पताल न्यूनतम सेवा मापदण्ड मूल्यांकनमा उत्कृष्ट appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register