ब्राउनसुगर र प्रतिबन्धित औषधीसहित ८ जना पक्राउ

झापा, ७ जेठ । झापा, मोरङ र धनकुटाको बिभिन्न स्थानहरुबाट लागूऔषध ब्राउन सुगर र प्रतिबन्धित औषधी सहित ८ जनालाई प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो काँकडभिट्टाले जेठ ७ गते झापाको बिर्तामोड नगरपालिका-२ का ३८ बर्षीय चन्दन राजबंशी र २५ बर्षीय सुनिल राजबंशीलाई निजहरुकै घर कोठाबाट २ ग्राम ३ सय ५० मिलिग्राम ब्राउन सुगर [...] The post ब्राउनसुगर र प्रतिबन्धित औषधीसहित ८ जना पक्राउ appeared first on Jhapa Online.

May 21, 2025 - 11:45
 0
ब्राउनसुगर र प्रतिबन्धित औषधीसहित ८ जना पक्राउ

झापा, ७ जेठ । झापा, मोरङ र धनकुटाको बिभिन्न स्थानहरुबाट लागूऔषध ब्राउन सुगर र प्रतिबन्धित औषधी सहित ८ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

लागूऔषध नियन्त्रण ब्यूरो काँकडभिट्टाले जेठ ७ गते झापाको बिर्तामोड नगरपालिका-२ का ३८ बर्षीय चन्दन राजबंशी र २५ बर्षीय सुनिल राजबंशीलाई निजहरुकै घर कोठाबाट २ ग्राम ३ सय ५० मिलिग्राम ब्राउन सुगर र ४३ हजार ८० रुपैया सहित नियन्त्रणमा लिएको हो ।

यसैगरी लागूऔषध नियन्त्रण ब्यूरो विराटनगरले विराटनगर महानगरपालिका-१६ स्थितबाट सुन्दरहरैँचा-७ का ३२ बर्षीय जित प्रसाद सापकोटालाई ब्राउन सुगर १ ग्राम २७ मिलिग्राम सहित र महोत्तरीको बर्दिबास -४ का २२ बर्षीय रबिन बिश्वकर्मालाई ब्राउन सुगर ४ ग्राम ८१ मिलिग्राम सहित पक्राउ गरेको हो ।

यसका साथै जिल्ला प्रहरी कार्यालय धनकुटाबाट जेठ ६ गते खटिएको प्रहरी टोलीले धनकुटा नगरपालिका-७ बाट सोही स्थानका २५ बर्षीय अभिषेक लिम्बुको घर कोठाबाट ब्राउन सुगर २ ग्राम १ सय २० मिलिग्राम र स्पास्पेन १० चक्की फेला पारेसंगै बेचबिखनमा संलग्न धनकुटा-७ का १९ बर्षीय सागर सहनी, धनकुटा-१ का २२ बर्षीय राम राई र २४ बर्षीय दवा छिरीङ तामाङलाई नियन्त्रणमा लिएको हो ।

The post ब्राउनसुगर र प्रतिबन्धित औषधीसहित ८ जना पक्राउ appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register