बेक्सली नेपाली समाजमा नयाँ नेतृत्व चुन्ने तयारी, अधिवेशन २२ जुनमा
लन्डन- साउथ इष्ट लन्डनस्थित बेक्स्ली नेपाली समाज नयाँ नेतृत्व चयनको तयारीमा जुटेको छ। आगामी जुन २२ तारिख आइतबारको लागि फाल्कनवुड कम्युनिटी सेन्टरमा तय संस्थाको अधिवेशनले दुई वर्षे कार्यकालको लागि नयाँ कार्यसमिति चयन गर्नेछ। समाजका अध्यक्ष डा हरिश ज्ञवालीको अध्यक्षतामा हालै सम्पन्न बैठकले नयाँ कार्यसमितिको निर्वाचनको लागि एक निर्वाचन समिति समेत गठन गरेको छ। पूर्व अध्यक्ष […]

लन्डन- साउथ इष्ट लन्डनस्थित बेक्स्ली नेपाली समाज नयाँ नेतृत्व चयनको तयारीमा जुटेको छ।
आगामी जुन २२ तारिख आइतबारको लागि फाल्कनवुड कम्युनिटी सेन्टरमा तय संस्थाको अधिवेशनले दुई वर्षे कार्यकालको लागि नयाँ कार्यसमिति चयन गर्नेछ।
समाजका अध्यक्ष डा हरिश ज्ञवालीको अध्यक्षतामा हालै सम्पन्न बैठकले नयाँ कार्यसमितिको निर्वाचनको लागि एक निर्वाचन समिति समेत गठन गरेको छ।
पूर्व अध्यक्ष विजय गुरुङ संयोजक रहेको निर्वाचन समितिमा पूर्व अध्यक्ष आनन्द धरेल सदस्य सचिव तथा संस्थापक अध्यक्ष केशबहादुर गुरुङ र सल्लाहकारहरु रोशन गुरुङ र संजीव सुवेदी सदस्य नियुक्त भएका छन्।
अधिवेशनले निर्वाचित गर्ने १६ सदस्यीय नयाँ कार्यसमितिमा १ अध्यक्ष , १ वरिष्ठ उपाध्यक्ष , ३ उपाध्यक्ष ( १ महिलासहित ), १ महासचिव, १ कोषाध्यक्ष, १ सचिव, १ सहकोषाध्यक्ष र ७ सदस्यहरु रहनेछन।
यसपटक वेलिङबाहेक आसपासका बेल्भडेर, एरिथ, बार्नहर्स्ट, सिड्कप, ब्ल्याकफ्रेन र बेस्लिहिथ क्षेत्रबाट विशेष सहभागिता गराउने लक्ष्य राखिएको छ। सोहीअनुसार निर्वाचन समितिले सो क्षेत्रमा बस्ने नेपालीहरुलाई सदस्यता लिन र अधिवेशनमा भाग लिन आव्हान गरेको छ।
अहिलेसम्मा सदस्यता लिन बाँकी हुनेहरुलाई यथाशिघ्र कार्यसमिति वा निर्वाचन समितिमा सम्पर्क गर्न आग्रह गरिएको छ।
पछिल्लो समय निकै सक्रिय रहँदै आएको समाजले योगा, जुम्बा, फिटनेस, पार्क रन, नेपाली भाषा र संस्कृति कक्षा, बालबालिका को फुटबल, जग एंड वाक, तीज, बार्षिक भेटघाट, ल्होछार र होलीजस्ता कार्यक्रमहरु आयोजना गरी स्थानीय नेपालीहरुलाई एक ठाउँमा ल्याउने काम गर्दै आएको छ। जसका लागि समाजले विभिन्न कम्युनिटी अवार्ड समेत जितेको छ।
What's Your Reaction?






