तीनकुनेमा राजावादीहरूले पुर्‍याएको क्षतिको जरिवाना ज्ञानेन्द्रलाई तिराउने तयारीमा काठमाडौं महानगर

काठमाडौं । काठमाडौं महानगरपालिकाले शुक्रवार तीनकुने क्षेत्रमा राजावादीहरूले गरेको प्रदर्शनका क्रममा सार्वजनिक सम्पत्तिमा क्षति पुर्‍याएको भन्दै पूर्वराजा ज्ञानेन्द्र शाहलाई जरिवाना तिराउने भएको छ । त्यसका लागि महानगरेले निर्मल निवासलाई पत्र लेख्दै छ । प्रदर्शनको आयोजनामा ज्ञानेन्द्र नै भएकाले राप्रपालगायत अन्य पार्टीलाई भन्दा पनि निर्मल निवासलाई नै पत्र पठाउने निष्कर्षमा महानगर पुगेको बताइएको छ । शुक्रवार राजवादीहरूको प्रदर्शनको […]

Mar 29, 2025 - 10:19
 0
तीनकुनेमा राजावादीहरूले पुर्‍याएको क्षतिको जरिवाना ज्ञानेन्द्रलाई तिराउने तयारीमा काठमाडौं महानगर

काठमाडौं । काठमाडौं महानगरपालिकाले शुक्रवार तीनकुने क्षेत्रमा राजावादीहरूले गरेको प्रदर्शनका क्रममा सार्वजनिक सम्पत्तिमा क्षति पुर्‍याएको भन्दै पूर्वराजा ज्ञानेन्द्र शाहलाई जरिवाना तिराउने भएको छ ।

त्यसका लागि महानगरेले निर्मल निवासलाई पत्र लेख्दै छ । प्रदर्शनको आयोजनामा ज्ञानेन्द्र नै भएकाले राप्रपालगायत अन्य पार्टीलाई भन्दा पनि निर्मल निवासलाई नै पत्र पठाउने निष्कर्षमा महानगर पुगेको बताइएको छ ।

शुक्रवार राजवादीहरूको प्रदर्शनको क्रममा भएको आगजनीलाई नियन्त्रण गर्न पुगेको महानगरका सवारीलगायत सम्पत्तिमा तोडफोड भएको थियो । त्यसपछि महानगरले एउटा समिति नै बनाएर पुगेको क्षतिको अध्ययन गरेको थियो । महानगरका अनुसार अध्ययनले करिब १० लाख बराबरको क्षति पुगेको देखिएको छ । सोही बिल महानगरले ज्ञानेन्द्र शाहलाई पठाउने भएको हो ।

दुर्गा प्रसाईं नेतृत्वको राजा फर्काउने अभियानमा राप्रपाका नेताहरूको सहयोग भए पनि घटनाको मुख्य जिम्मेवार निर्मल निवास भएको निष्कर्षसहित महानगरले ज्ञानेन्द्रलाई पत्र पठाउन लागेको हो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register