काम नगरि प्रचारबाजी गर्ने कर्मचारीलाई सरकारले लगाम लगाउँछ : ऊर्जामन्त्री खड्का

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले कर्मचारीमा काम गरेर नभई प्रचारबाजी गरेर स्थापित हुने प्रतिस्पर्धा चलिरहेको बताएका छन् । कानुनभन्दा माथि बसेर काम गर्न नहुने उनको भनाइ छ । काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, “संविधानभन्दा माथि बसेर काम गर्न खोज्नु हुँदैन । त्यो चाहीँ स्वच्छाचारी हुन्छ । यो व्याप्त छ […]

Mar 27, 2025 - 08:17
 0
काम नगरि प्रचारबाजी गर्ने कर्मचारीलाई सरकारले लगाम लगाउँछ : ऊर्जामन्त्री खड्का

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले कर्मचारीमा काम गरेर नभई प्रचारबाजी गरेर स्थापित हुने प्रतिस्पर्धा चलिरहेको बताएका छन् ।

कानुनभन्दा माथि बसेर काम गर्न नहुने उनको भनाइ छ ।

काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, “संविधानभन्दा माथि बसेर काम गर्न खोज्नु हुँदैन । त्यो चाहीँ स्वच्छाचारी हुन्छ । यो व्याप्त छ अहिले । हामी सबैले आफूलाई भयङ्कर स्थापित गर्नुछ । प्रचारबाजी गर्नुछ, मिडियाबाजी गर्नुछ । कर्मचारी साथीहरुलाई पनि हेर्छु म, को चाहीँ बढी प्रचारबाजी गरेर स्थापित हुने भन्ने प्रतिस्पर्धा चलेको छ ।”

उनले थपे, “साँच्चै काम गरेर को स्थापित हुने भन्ने कुरामा प्रतिस्पर्धा गरौँ मेरो आग्रह छ । यदि त्यसो भएन भने लगाम लगाउनुपर्ने, ठीक ठाउँमा राख्नुपर्ने सरकारको दायित्व हुन्छ ।”

अनुशासित, मर्यादित भई कानुनभित्र बसेर काम गर्न खड्काले सुझाव दिए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register