सशस्त्र द्वन्द्व  पुनःठड्याईएको साँफेबगर एयरपोर्ट दुई वर्षदेखि बन्द

अछाम।   नेपाल नागरिक उड्डयन प्राधिकरणको साँफेबगर स्थित पुर्न निर्मित टावर हेर्दा चिटिक्क परेको छ । टुवय कालोपत्रे  धावनमार्ग सुन्दर देखिन्छ ,कर्मचारी शुरक्षाकर्मीहरु तैनाथ छन् । यद्यपि साँफेबगर विमानस्थल भने  विगत लामो समयदेखि सेवाप्रवाह विहिन बनेको छ। उक्त विमानस्थल झण्डै दुई वर्षदेखि बन्द हुँदा अछाम लगायत छिमेकी जिल्ला बाजुरा र डोटीका  नागरिकले सास्ती खेप्नु परेको छ […]

Mar 30, 2025 - 12:19
 0
सशस्त्र द्वन्द्व  पुनःठड्याईएको साँफेबगर एयरपोर्ट दुई वर्षदेखि बन्द

अछाम। 

 नेपाल नागरिक उड्डयन प्राधिकरणको साँफेबगर स्थित पुर्न निर्मित टावर हेर्दा चिटिक्क परेको छ । टुवय कालोपत्रे  धावनमार्ग सुन्दर देखिन्छ ,कर्मचारी शुरक्षाकर्मीहरु तैनाथ छन् । यद्यपि साँफेबगर विमानस्थल भने  विगत लामो समयदेखि सेवाप्रवाह विहिन बनेको छ। उक्त विमानस्थल झण्डै दुई वर्षदेखि बन्द हुँदा अछाम लगायत छिमेकी जिल्ला बाजुरा र डोटीका  नागरिकले सास्ती खेप्नु परेको छ ।

 बिशेषगरी त्यस क्षेत्रको स्वास्थ्य सेवा, पर्यटन ब्यसाय लगायत स्थानीय ब्यपार ब्यवासयमा नराम्रो प्रभाव परेको छ । सरकारी  जहाज त पहिलेदेखि बन्द भैसकेको थियो । प्राईबेट सेक्टरका जहाज पनि कहिले कही आउँथें । आजकाल त धेरै भयो, तिनीहरु पनि आउँदैनन्  नेपाली काँग्रेसका नेता रामबहादुर कुंवरले भने । जहाज नआउँदा यात्रुलाई त मर्कापरेको छ नै साँफेबगर एरपोर्टका कर्मचारी र विमानस्थल सुरक्षार्थ खटिएका शुरक्षकर्मी पनि कामविहीन बनेका छन् नेता कुँवरको भनाई छ । 

  प्राधिकरणको जहाजले नियमित उडान भर्दा शुरुसुरुमा नेपालगंज, साँफेबगर धनगढीका लागि  यात्रुहरुको चाप पनि निकै बढेको थियो, प्राधिकरणको जाहाज आउन छाडेपछि सेवा प्रभावित भयो, नेपाल नागरिक उड्डयन प्राधिकरण साँफेबगर नागरिक उड्डयन कार्यालय अछामका  प्रमुख कृष्णकुमार साहले जानकारी  दिए ।

  पछिल्लो समयमा नेपाल नागरिक उड्डयन प्राधिकरणसँग आफ्नै जहाज छैनन् । प्राईभेट जहाज कम्पनीले  जता फाइदा पायो उतै उडाउँछन्। आजकाल त झन लुक्ला र जोमसोम सिजन चलेको छ । उनीहरुका जहाज उतै उड्छन् होला । जहाज अनियमित हुँदा सांफेवगर उडान लामो समयदेखि बन्द हुँदा सुत्केरी र गर्भवती लगायत आकस्मिक सेवा प्रभावित भएकोछ , पाँच  ६ हजार रुपैंयामा धनगढी नेपालगंज पुग्ने विरामीहरुले डेड दुईलाख रुपैंया हेलिकप्टर चाटर गर्नु परेको छ। त्यो विपन्न वर्गका बिरामीको पहुँचमा छैन, कार्यालय प्रमुख साहको भनाई छ । 

 भएका जहाज ग्राउन्डेड भएपछि नागरिक उड्डयन  प्राधिकरणका  जहाज आउन छोडेको त धेरै भयो, समिट एयरलाइन्सले सोमबार विहीवार गरी हप्ताको दुई दिन उडान भथ्र्यो ।  गत फागुनमा समिट एयरको जहाजले साँफेबाट एकजना यात्रु बोकेर गएको थियो । त्यसपछि त्यो जहाज पनि फर्केको छैन, कार्यालय प्रमुख साहले भने ।  जहाज आउने नआउने पत्तो हुंदैन , नेपालगंज साँफे उडान भर्ने यात्रु त धेरै थिए । तर  पछिल्लो समयमा जहाज अनियमित हुँदा साँफे धनगढी त यात्रु पाईन छोडे । जहाज कहिलेकही आउँदा फर्किने वेला रित्तो जानु पर्ने अवस्था आयो । जहाज ब्यवसायीहरु कम्तिमा १० जना यात्रु हुनुपर्छ भन्छन् । प्राईभेट उडान पनि अनियमित हुँदा यात्रुनै नपाउने समस्या आएको छ कार्यालय प्रमुख साहले भने । नेपाल वायुसेवा प्राधिकरणको  लेट ४१० नं को जहाजले  नेपालगंज, सांफे धनगढी दैनिक आउँथ्यो यात्रुको विश्वास बढ्दै गएको थियो। प्राइभेटहरू ताकपरे पछि मात्र आउन थालेपछि सेवाग्राहीको विश्वास घटेको हो उनले भने  ।

 जहाज नियमिति नहुंदा वयालपाटा सामुदायिक अस्पताल पनि प्रभावित भएको छ । समयमा डाक्टर आईपुग्दैनन्, कम्तिमा जहाज नियमिति भैदिएको भए बयालपाटा सामुदायिक अस्पतालमा दिनभर उपचार गरी  इर्मजन्सीमा फर्किन सक्थे त्यो पनि छैन। क्रिटीकल केशका सुत्केरी, गर्भवती महिलाको उद्धार गर्न समस्या आएको छ । त्यस्तै बडिमालिक, खप्तड, बैज्यनाथ, रामारोसन लगायतका पर्यटन क्षेत्र घुम्न आउने आन्तरिक तथा वाह्य पर्यटक पनि प्रभावित भकाएछन् कार्यालय प्रमुख साहको भनाई छ ।  

 धनगढी नाईटस्टे राखेको भए नेपालगंज, साँफे ,बझाङ्ग र अछाम हवाई सेवा सञ्चालन गर्न सजिलो हुन्छ । पाँच हजार रुपैंयाले १७ मिनेटमा धनगढी ६ हजार रुपैंयाले साँफे नेपालगंज तिस मिनेटमा पुगिन्छ । प्राधिकरणले उड्डयन व्यवस्थापन गर्न नसक्दा भएका संरचनापनि प्रयोग विहिन छन् स्थानीय मनदेबी कुँवरको भनाई छ ।  

 हवाई सेवा सञ्चालन हुँदा अछाम बाजुरा र डोटीका यात्रुहरु आउँथे,  होटेल तथा सथानीय बजार पनि राम्रो चलेका थिए । कतिपय होटेल पसल बन्द भैसके भने भएका होटेलपनि देनिक गुजारा चलाउन मुस्किल भएको होटेल व्यवसायीको गुनासो छ । 

 साँफेएयर हवाईसेवा अवरुद्ध भएपछि अछाम, डोटी र बाजुराका  कम्तीमा एकलाख पचास हजार बढी नागरिक प्रभावित भकाएछन्,नागरिक उड्डयन कार्यालय अछामले जनाएको छ ।  तत्कालीन सशस्त्र माओवादी द्वन्दमा परि २०५८ फागुन चार गतेको भिडन्तमा ध्वस्त पारेको साँफेबगर अछाम एयरपोर्ट १६ करोड रुपैंया बढी  लागत खर्च गरी १७ वर्षपछि अर्थात  २०७५ सालमा पुनः सञ्चालनमा ल्याइएको थियो  । ठूलो धनराशि खर्च गरी पुनर्निर्माण गरिएको साँफेबगर एयरपोर्ट तत्काल सञ्चालन गरी उडान भर्न नागरिक उड्डयन प्राधिकरणले जहाज किनेर वा भाडामा लिएर भएपनि हवाईसेवा नियमित सञ्चालनमा ल्याउनु पर्नेमा स्थानीयको जोडदार माग छ ।साँफेबगर एयरपोर्टमा  सन १९७५ मा ए एफ आई एस एयरफोर्सको जहाजले  पहिलो उडान भरेको थियो । 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register