भाटभटेनी सुपरमार्केट लुटपाट गर्ने ९ जना पक्राउ

काठमाडौँ।  काठमाडौँको कोटेश्वरस्थित भाटभटेनी सुपरमार्केटमा तोडफोड तथा लुटपाटमा संलग्न रहेको आरोपमा प्रहरीले नाैं जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेहरुमा आशिष सिंह (धनुषा)  प्रेम कुमार महत्तो (सर्लाही), रवि रञ्जन कुमार (भारत, बिहार) सुशिला कुमाल (नुवाकोट) एलिसा राई (सुनसरी) बालकुमारी कार्की (काठमाडौं)  निर्मला कार्की (सिन्धुपाल्चोक) चित्र माया बस्नेत र सुस्मिता बराल (सिन्धुली) रहेका छन्। उनीहरूलाई काठमाडौंका विभिन्न […]

Mar 30, 2025 - 12:31
 0
भाटभटेनी सुपरमार्केट लुटपाट गर्ने ९ जना पक्राउ

काठमाडौँ। 

काठमाडौँको कोटेश्वरस्थित भाटभटेनी सुपरमार्केटमा तोडफोड तथा लुटपाटमा संलग्न रहेको आरोपमा प्रहरीले नाैं जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेहरुमा आशिष सिंह (धनुषा)  प्रेम कुमार महत्तो (सर्लाही), रवि रञ्जन कुमार (भारत, बिहार) सुशिला कुमाल (नुवाकोट) एलिसा राई (सुनसरी) बालकुमारी कार्की (काठमाडौं)  निर्मला कार्की (सिन्धुपाल्चोक) चित्र माया बस्नेत र सुस्मिता बराल (सिन्धुली) रहेका छन्।

उनीहरूलाई काठमाडौंका विभिन्न स्थानबाट पक्राउ गरी थप अनुसन्धानका लागि प्रहरी वृत्त बानेश्वर पठाइएको प्रहरीले जनाएको छ।

नागरिक बचाउ महाअभियान नेपालका केन्द्रीय अध्यक्ष दुर्गा प्रसाईंको नेतृत्वमा १५ चैतमा भएको राजावादी समूहको संयुक्त आन्दोलनका क्रममा भाटभटेनी सुपरमार्केट तोडफोड भएको थियो। सोही अवसरमा केही व्यक्तिहरू लुटपाटमा संलग्न भएको आरोपमा फरार रहेका थिए।

 उनीहरूबाट मदिरा, लत्ताकपडा, कस्मेटिक्स सामग्री लगायतका सामानहरू बरामद गरिएको प्रहरीको भनाइ छ।  

प्रहरीका अनुसार  थप अनुसन्धान जारी रहेको र अन्य संलग्न व्यक्तिहरूको खोजी भइरहेको छ। 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register