चेन्नईमाथि राजस्थानको रोमाञ्चक जित

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा राजस्थान रोयल्सले चेन्नई सुपर किङ्ग्समाथि रोमाञ्चक जित हासिल गरेको छ । गुवाहाटीमा आइतबार राति सकिएको खेलमा राजस्थानले ६ रनको रामाञ्चक जित हासिल गरेको हो । राजस्थानले दिएको १८३ रनको विशाल लक्ष्य चेन्नईले भेट्टाउन सकेन । उसले निर्धारित २० ओभरमा अलआउट हुँदै १७६ रन मात्र बनाउन सक्यो । चेन्नईका […]

Mar 31, 2025 - 02:26
 0
चेन्नईमाथि राजस्थानको रोमाञ्चक जित

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा राजस्थान रोयल्सले चेन्नई सुपर किङ्ग्समाथि रोमाञ्चक जित हासिल गरेको छ ।

गुवाहाटीमा आइतबार राति सकिएको खेलमा राजस्थानले ६ रनको रामाञ्चक जित हासिल गरेको हो ।

राजस्थानले दिएको १८३ रनको विशाल लक्ष्य चेन्नईले भेट्टाउन सकेन । उसले निर्धारित २० ओभरमा अलआउट हुँदै १७६ रन मात्र बनाउन सक्यो ।

चेन्नईका लागि कप्तान ऋतु गल्कवाडले अर्धशतकीय पारी खेल्दै सर्वाधिक ६३ रन बनाए ।

राजस्थानका वानिन्डु हसरङ्गाले सर्वाधिक चार विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको राजस्थानले पूरै ओभर खेल्दै नौ विकेट गुमाएर १८२ रन बनाएको थियो ।

राजस्थानका लागि नीतिश राणाले अर्धशतकीय पारी खेल्दै सर्वाधिक ८१ रन बनाए । उनी खेलमा उत्कृष्ट खेलाडी पनि घोषित भए ।

जारी प्रतियोगितामा राजस्थानको तीन खेलमा दोस्रो जित हो । उ अङ्क तालिकाको नवौं स्थानमा छ ।

यस्तै समान चार अङ्क रहेको चेन्नई भने नेट रनरेटका आधारमा लिगको सातौं स्थानमा छ ।

हैदराबादमाथि दिल्लीको सहज जित, दुई खेलमा शतप्रतिशत नतिजा

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register