राजावादीको लुटपाटः भाटभटेनीमा ८० लाख ३३ हजारको क्षति ! 

काठमाडौँ । गत शुक्रबार (१५ गते) कोटेश्वरको भाटभटेनीमा भएको लुटपाट र तोडफोडका क्रममा ८० लाख ३३ हजार रुपैयाँ बराबरको क्षति भएको पाइएको छ । तोडफोड र लुटपाटपछि भाटभटेनीले गरेको क्षति मूल्याङ्कनका क्रममा सो रकम बराबरको क्षति भएको पाइएको भाटभटेनीले जनाएको छ ।  भाटभटेनीका अनुसार सबैभन्दा धेरै क्षति सामान चोरी हुँदा र नष्ट हुँदा भएको छ […]

Mar 31, 2025 - 06:01
 0
राजावादीको लुटपाटः भाटभटेनीमा ८० लाख ३३ हजारको क्षति ! 

काठमाडौँ । गत शुक्रबार (१५ गते) कोटेश्वरको भाटभटेनीमा भएको लुटपाट र तोडफोडका क्रममा ८० लाख ३३ हजार रुपैयाँ बराबरको क्षति भएको पाइएको छ । तोडफोड र लुटपाटपछि भाटभटेनीले गरेको क्षति मूल्याङ्कनका क्रममा सो रकम बराबरको क्षति भएको पाइएको भाटभटेनीले जनाएको छ । 

भाटभटेनीका अनुसार सबैभन्दा धेरै क्षति सामान चोरी हुँदा र नष्ट हुँदा भएको छ । सो दिन भाटभटेनीबाट ६४ लाख ८८ हजार रुपैयाँको मौज्दात सामान हराएको र नष्ट भएको भाटभटेनीले जनाएको छ । 

त्यस्तै, भवनमा भएको तोडफोडबाट ११ लाख ८५ हजार रुपैयाँ बराबरको क्षति भएको भाटभटेनीले जनाएको छ । अर्कोतर्फ फ्रिजरशोकेसको क्षति २ लाख ६५ हजार र ९४ हजार रुपैयाँ नगद चोरी भएको भाटभटेनीले जनाएको छ । 

उक्त लुटपाट र तोडफोडमा संलग्न केहीलाई प्रहरीले पक्राउ गरिसकेको छ भने अन्यको खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register