कित्ता प्रस्ट पार्न कार्यकर्ताले दबाब बढाएसँगै रविको अध्यक्षतामा रास्वपाको बैठक बस्दै

काठमाडौं । देशभरबाट कार्यकर्ताले वर्तमान राजनीतिक घटनाक्रममा कित्ता प्रस्ट पार्न दबाब दिएसँगै राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समितिको बैठक आज बस्दैछ । सहकारी प्रकरणमा मुद्दा चलेसँगै डोलप्रसाद अर्याललाई कार्यवाहक सभापतिको जिम्मा दिएका लामिछानेले आज बैठकको अध्यक्षता आफैँ गर्न लागेका हुन् । आज दिउँसो तीन बजे पार्टी कार्यालय बनस्थलीमा लगातार दुई वटा केन्द्रीय समिति बैठक बस्ने भएको […]

Mar 31, 2025 - 07:08
 0
कित्ता प्रस्ट पार्न कार्यकर्ताले दबाब बढाएसँगै रविको अध्यक्षतामा रास्वपाको बैठक बस्दै

काठमाडौं । देशभरबाट कार्यकर्ताले वर्तमान राजनीतिक घटनाक्रममा कित्ता प्रस्ट पार्न दबाब दिएसँगै राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समितिको बैठक आज बस्दैछ । सहकारी प्रकरणमा मुद्दा चलेसँगै डोलप्रसाद अर्याललाई कार्यवाहक सभापतिको जिम्मा दिएका लामिछानेले आज बैठकको अध्यक्षता आफैँ गर्न लागेका हुन् ।

आज दिउँसो तीन बजे पार्टी कार्यालय बनस्थलीमा लगातार दुई वटा केन्द्रीय समिति बैठक बस्ने भएको छ । पहिलो बैठकको अध्यक्षता सभापति डीपी अर्यालको अध्यक्षतामा बस्ने छ भने दोस्रो बैठकको अध्यक्षता लामिछानेले गर्नेछन् ।

आजको बैठकले वर्तमान राजनीतिक घटनाक्रमबारे नीति तय गर्ने एक पदाधिकारीले बताए । ‘धनगढीदेखि झापासम्मबाट कार्यकर्ता पंक्तिले पार्टीको लाइन प्रस्ट नहुँदा समस्या भएको भन्दै स्पस्ट नीति तयार गर्न दबाब दिएका छन् । आजको बैठकले त्यसको सम्बोधन गर्नेछ,’ती पदाधिकारीले भने ।

कार्यकर्ताहरूले दबाब बढाउँदा यस विषयमा निर्णय लिनुपर्ने जानकारी सभापति लामिछानेलाई गराइएको थियो । उनले भनेका थिए,’श्री ५ र श्री ३ दुबैको पक्षमा अहिले हामी उभिदैनौँ । केही समय चुप रहनु नै उपयुक्त हुन्छ,’ लामिछानेले भनेका थिए ।

कार्यकर्ता पंक्तिले निरन्तर दबाब बढाएपछि निर्णय लिनका निम्ति आज बैठक राखिएको छ ।

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register