स्ववियु निर्वाचन : मध्यपश्चिम विश्वविद्यालयमा खस्यो ६५.३४ प्रतिशत मत
काठमाडौं । मध्यपश्चिम विश्वविद्यालय (एमयू)मा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को मतदान सकिएको छ । नयाँ नेतृत्व चयनका लागि सोमबार भएको मतदानमा कुल २८ सय ६४ मत खसेको छ । जुन ६५.३४ प्रतिशत हो । विश्वविद्यालयमा ४ हजार ३ सय ८३ मतदाता थिए । सहायक मतदान अधिकृत जगत ढकालका अनुसार विश्वविद्यालयका ३४.६६ प्रतिशत विद्यार्थीहरू मतदानमै सहभागी […]

काठमाडौं । मध्यपश्चिम विश्वविद्यालय (एमयू)मा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को मतदान सकिएको छ ।
नयाँ नेतृत्व चयनका लागि सोमबार भएको मतदानमा कुल २८ सय ६४ मत खसेको छ । जुन ६५.३४ प्रतिशत हो । विश्वविद्यालयमा ४ हजार ३ सय ८३ मतदाता थिए ।
सहायक मतदान अधिकृत जगत ढकालका अनुसार विश्वविद्यालयका ३४.६६ प्रतिशत विद्यार्थीहरू मतदानमै सहभागी भएनन् ।
आज बेलुका नै मतगणना सुरु हुने र भोलि विहानसम्म परिणाम आउने स्ववियु निर्वाचन कमिटीले जनाएको छ ।
६ वर्षपछि भएको स्ववियु निर्वाचनबाट अध्यक्ष, सचिव र कोषाध्यक्षसहित १० जना प्रत्यक्ष र ९ जना समानुपातिक गरी १९ निर्वाचित हुनेछन् ।
What's Your Reaction?






