चक्कु लिएर ‘हर हर महादेव’ भन्दै हिँडिरहेका थिए युवा, नियन्त्रणमा लिन खोज्दा प्रहरीमाथि प्रहारको प्रयास

काठमाडौं । कैलालीको धनगढीमा एक युवाले ड्युटीमा रहेका प्रहरीलाई चक्कु प्रहार प्रयास गरेका छन् । मंगलबार राति धनगढीको ट्राफिक चौराहामा कार्यरत रहेका प्रहरीमाथि चक्कु प्रहारको प्रयास भएको हो । चक्कु बोकेर ‘हर हर महादेव’ भन्दै हिँडिरहेका युवालाई नियन्त्रणमा लिन खोज्दा उनले प्रहरीलाई चक्कु प्रहार गर्न लखेटेका थिए । तर प्रहरी भागेर जोगिन खोजेको सामाजिक सञ्जालमा […]

Feb 12, 2025 - 02:18
 0
चक्कु लिएर ‘हर हर महादेव’ भन्दै हिँडिरहेका थिए युवा, नियन्त्रणमा लिन खोज्दा प्रहरीमाथि प्रहारको प्रयास

काठमाडौं । कैलालीको धनगढीमा एक युवाले ड्युटीमा रहेका प्रहरीलाई चक्कु प्रहार प्रयास गरेका छन् ।

मंगलबार राति धनगढीको ट्राफिक चौराहामा कार्यरत रहेका प्रहरीमाथि चक्कु प्रहारको प्रयास भएको हो ।

चक्कु बोकेर ‘हर हर महादेव’ भन्दै हिँडिरहेका युवालाई नियन्त्रणमा लिन खोज्दा उनले प्रहरीलाई चक्कु प्रहार गर्न लखेटेका थिए । तर प्रहरी भागेर जोगिन खोजेको सामाजिक सञ्जालमा सार्वजनिक भएको भिडिओमा देख्न सकिन्छ ।

ती युवालाई पक्राउ गर्न सफल भएको कैलाली प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका–१४ बस्ने ३६ वर्षीय टेकबहादुर टमटा रहेको बताइएको छ उनलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register