प्रतिनिधि सभामा बजेटमाथिकाे छलफल सकियाे, अर्थमन्त्रीले भाेलि जवाफ दिने

Jun 11, 2023 - 10:26
 0
प्रतिनिधि सभामा बजेटमाथिकाे छलफल सकियाे, अर्थमन्त्रीले भाेलि जवाफ दिने
प्रतिनिधि सभामा बजेटमाथिकाे छलफल सकियाे, अर्थमन्त्रीले भाेलि जवाफ दिने

काठमाडौं । प्रतिनिधि सभामा आर्थिक वर्ष २०८०-०८१ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) माथिको आज सकिएकाे छ । बजेटमाथिकाे छलफल सकिएसँगै प्रतिनिधि सभाकाे बैठक भाेलिसम्मका लागि स्थगित भएकाे छ । बैठकमा सभामुख देवराज घिमिरेले बजेटमाथि सांसद्हरुले बाेल्ने क्रम सकिएकाे र आजकाे कार्यसूचीका बाँकी कार्यक्रम हटाइएकाे जानकारी दिनुभयाे ।

उहाँले बजेटमाथि उठेका प्रश्नकाे अर्थमन्त्री डा. प्रकाशशरण महतले जवाफ दिने कार्यक्रम बाँकी रहेकाे र त्यसका लागि जेठ २९ गतेकाे दिन थपेकाे जानकारी गराउनुभयाे । उहाँले प्रतिनिधि सभाकाे अर्को बैठक जेठ २९ गते सोमबार दिउँसाे १ बजे बस्ने जानकारी दिनुभयाे ।

आजकाे बैठकमा अर्थमन्त्री महतले बजेटमाथि उठेका प्रश्नकाे जवाफ दिने तथा विनियाेजन विधेयक, २०८० र राष्ट्र ऋण उठाउने विधेयक, २०८० पेस गर्ने कार्यसूची थियाे । विनियोजन विधेयक २०८० र राष्ट्र ऋण उठाउने विधेयक २०८० लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि सांसद् प्रेम सुवालले राखेको विरोधको सूचनालाई निर्णयार्थ प्रस्तुत गरिने कार्यसूची पनि थियाे ।

अर्थमन्त्री महतले जेठ १५ गते संघीय संसद्काे दुवै सदनकाे संयुक्त बैठकमा बजेट प्रस्तुत गर्नुभएकाे थियाे । राष्ट्रिय सभामा बजेटमाथिकाे छलफल सकिएर अर्थमन्त्रीले जवाफ पनि दिइसक्नुभएकाे छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

Achala Lohani Journalism's sacred duty, its true Dharma, is to uphold the pursuit of truth, untainted by false claims or agenda-driven twists, ensuring the integrity and credibility of every news piece. Follow me on Dununu: https://www.dununu.com/Beautiful1