बलात्कार मुद्दामा पास्टर बजिंदर सिंहलाई आजीवन कारावासको सजाय

काठमाडौं । भारत जालन्धरको ‘द चर्च अफ ग्लोरी एन्ड विजडम’का संस्थापक पास्टर बजिन्दर सिंहलाई बलात्कार मुद्दामा पञ्जाबस्थित मोहाली अदालतले आजीवन कारावासको सजाय सुनाएको छ । अदालतले मार्च २८ मा दोषी ठहर गरेपछि पुजारीलाई प्रहरीले हिरासतमा लिएको थियो । अदालतले मङ्गलबार सजाय तोकेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । उनी पटियाला जेलमा छन् । सन् २०१८ मा […]

Apr 1, 2025 - 09:10
 0
बलात्कार मुद्दामा पास्टर बजिंदर सिंहलाई आजीवन कारावासको सजाय

काठमाडौं । भारत जालन्धरको ‘द चर्च अफ ग्लोरी एन्ड विजडम’का संस्थापक पास्टर बजिन्दर सिंहलाई बलात्कार मुद्दामा पञ्जाबस्थित मोहाली अदालतले आजीवन कारावासको सजाय सुनाएको छ ।

अदालतले मार्च २८ मा दोषी ठहर गरेपछि पुजारीलाई प्रहरीले हिरासतमा लिएको थियो । अदालतले मङ्गलबार सजाय तोकेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । उनी पटियाला जेलमा छन् ।

सन् २०१८ मा जिरकपुरकी एक महिलाले बजिन्दर सिंहसहित ६ जनाविरुद्ध यौन उत्पीडनको मुद्दा दर्ता गरेकी थिइन्।

पीडित महिलाले अदालतको फैसलाप्रति सन्तुष्टि व्यक्त गरेकी छन् । पीडितले अदालतमाथि पूर्ण विश्वास रहेको बताइन् । “म ७ वर्षदेखि न्यायका लागि अदालत र प्रहरी कार्यालय धाइरहेकी थिएँ, आजको सुनुवाइपछि म धेरै खुसी छु,” उनले भनिन् ।

पीडितले दोषी ठहरिएका बजिंदर मानसिक रोगी भएको आरोप लगाइन् । “यदि ऊ जेलबाट निस्कियो भने फेरि अपराध गर्नेछ । त्यसैले म चाहन्छु कि ऊ सधैंभरि जेलमै रहोस्,” उनले भनिन् ।

सन् २०१८ मा ३५ वर्षीया महिलाले बजिंदरमाथि बलात्कारको आरोप लगाएकी थिइन् । बजिंदरले मोहालीमा रहेको आफ्नो घरमा बलात्कार गरेको र घटना रेकर्ड गरेर ब्ल्याकमेल गरेको पीडितको भनाइ थियो ।

यौन दुराचार आरोपी पास्टर : भारतमा फरार, नेपालमा धर्म प्रचार

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register