पत्रकार रजकको शरीरमा गोली लागेको भेटिए, आज पोस्टमार्टम हुने

झापा, २० चैत । तीनकुनेमा भएको प्रदर्शनमा मृत भेटिएका पत्रकार सुरेश रजकको शरीरको एक्स–रे गरिएको छ । शरीरको पोर्टेबल एक्स–रे गरेपछि मात्र पोस्टमार्टम गर्ने चिकित्सकको अडानपछि एक्स–रे गरिएको थियो । त्रिवि शिक्षण अस्पतालमा एक्स(रे गर्दा उनको शरीरमा गोली लागेको नभेटिएको प्रहरी अधिकृतहरू बताउँछन् । तर, उनलाई पनि गोली लागेको भनेर प्रचार भएसँगै चिकित्सकहरूले त्यसबारे यकिन [...] The post पत्रकार रजकको शरीरमा गोली लागेको भेटिए, आज पोस्टमार्टम हुने appeared first on Jhapa Online.

Apr 2, 2025 - 00:12
 0
पत्रकार रजकको शरीरमा गोली लागेको भेटिए, आज पोस्टमार्टम हुने

झापा, २० चैत । तीनकुनेमा भएको प्रदर्शनमा मृत भेटिएका पत्रकार सुरेश रजकको शरीरको एक्स–रे गरिएको छ । शरीरको पोर्टेबल एक्स–रे गरेपछि मात्र पोस्टमार्टम गर्ने चिकित्सकको अडानपछि एक्स–रे गरिएको थियो ।

त्रिवि शिक्षण अस्पतालमा एक्स(रे गर्दा उनको शरीरमा गोली लागेको नभेटिएको प्रहरी अधिकृतहरू बताउँछन् । तर, उनलाई पनि गोली लागेको भनेर प्रचार भएसँगै चिकित्सकहरूले त्यसबारे यकिन गर्न एक्स–रे गर्नुपर्ने अडान राखेका थिए । तीनकुनेमा प्रदर्शनकारीहरुले आगजनी गरेको घरमा उनी मृत भेटिएका थिए । प्रदर्शनको भिडियो खिच्न उनी सो घरमा गएका हुन् । उनको पोस्टमार्टम बुधबार हुने भएको छ ।

The post पत्रकार रजकको शरीरमा गोली लागेको भेटिए, आज पोस्टमार्टम हुने appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register